महंगो औषधि बिरामीले होइन धमिराले खायो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २१, २०७५
|
|
२४ पटक हेरिएको
Shares
महंगो औषधि बिरामीले होइन धमिराले खायो

सारांश

  • चितवन – औषधि कसले खान्छ ?
  • स्वाभाविक जवाफ हो- बिरामीले ।
  • तर भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा भएको रक्त क्यान्सरको औषधि बिरामीले होइन, धमिराले खाएको छ ।

चितवन – औषधि कसले खान्छ ? स्वाभाविक जवाफ हो- बिरामीले । तर भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा भएको रक्त क्यान्सरको औषधि बिरामीले होइन, धमिराले खाएको छ ।

अमेरिकाको म्याक्स फाउन्डेसनले दिएको ‘ग्लिभिक’ नामक निकै महँगो औषधिका ३६ प्याकेट धमिराले नष्ट गरेको हो ।

अस्पतालबाटै प्राप्त जानकारीअनुसार म्याक्सले ग्लिभिक वर्षमा ४ हजार ५ सय प्याकेट सहयोग गर्छ । त्यसको मूल्य एक अर्ब सात करोड रुपैयाँ बराबर पर्छ ।

यसका आधारमा एक प्याकेटको २ लाख ३७ हजार ७ सय ७८ रुपैयाँ हाराहारी हुन आउँछ ।

धमिराले नष्ट गरेका ३६ प्याकेटको ८५ लाख ६० हजार रुपैयाँ पर्छ । म्याक्स फाउन्डेसनले सहयोग गरेका कारण बिरामीले यो नि:शुल्क पाउँदै आएका छन् ।

उसले सन् २००४ देखि ग्लिभिक, सुटेनजस्ता औषधि उपलब्ध गराउँदै आएको हो ।

आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Justin Biral

    ? gσσ∂? є∂ιтιиg☺ σf? уσυя? ρнσтσ? ? Shikhar? News

    ? CH BOTTERZ ? SURAJ-KING,TK ?

    Comment Author

    Sukbir Limbu

    बिचरा धमिराले नि क्यान्सरको उपचार अफै गरेछ ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?