दशैको नयाँ नोट वितरण सुरु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १०, २०७६
|
|
३५ पटक हेरिएको
Shares
दशैको नयाँ नोट वितरण सुरु

सारांश

  • नेपाल राष्ट्र बैङ्कले काठमाडौ उपत्यकामा आजबाट दशैंका लागि नयाँ नोट सटही सेवा प्रदान गरेको छ ।
  • राष्ट्र बैङ्कसँगै अन्य बैङ्कले नयाँ नोट वितरण गर्न थालेपछि शुक्रबार बिहानैबाट बैङ्कहरूमा सर्वसाधारणको भीड लागेको छ ।
  • विगत वर्षहरुका तुलनामा यो बर्ष पहिलो दिन नयाँ नोट लिनेहरुको चाप बैङ्कहरुमा कम देखिएको छ ।

नेपाल राष्ट्र बैङ्कले काठमाडौ उपत्यकामा आजबाट दशैंका लागि नयाँ नोट सटही सेवा प्रदान गरेको छ । राष्ट्र बैङ्कसँगै अन्य बैङ्कले नयाँ नोट वितरण गर्न थालेपछि शुक्रबार बिहानैबाट बैङ्कहरूमा सर्वसाधारणको भीड लागेको छ । विगत वर्षहरुका तुलनामा यो बर्ष पहिलो दिन नयाँ नोट लिनेहरुको चाप बैङ्कहरुमा कम देखिएको छ । सेवाग्राहीले आधा घण्टादेखि एक घण्टासम्म लाइनमा बसेपछि नोट पाएको प्रतिकृया दिएका छन् । जेष्ठ नागरिकहरूलाई कार्डको आधारमा लाईन बस्न नपर्नेगरी व्यवस्था मिलाइएको छ ।

दशैंमा हुने नयाँ नोटको मागलाई मध्यनजर गर्दै नोट सटही सुविधा उपलब्ध गराएको राष्ट्र बैङ्क मुद्रा व्यवस्थापन विभागले जनाएको छ । राष्ट्र बैङ्कका अनुसार यो सुविधा असोज १७ गतेसम्म प्रदान गरिनेछ । नेपाल राष्ट्र बैङ्कका अनुसार, उपत्यकाभित्र विभिन्न बैङ्कसँग मिलेर ५, १०, २०, ५० र १०० दरका नोट सटहीको व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?