पयर्यटकीय क्षेत्रको अध्ययन शुरु, थिमिलाई जीवित संग्रहालय बनाइने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ११, २०७४
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  • भक्तपुर, ११ फागुन , संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले भक्तपुरको मध्यपुर थिमि र सूर्यविनायक नगरपालिकाको पर्यटकीय सम्भाव्यताको अध्ययन शुरु गरेको छ ।
  • मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा नेतृत्वको टोलीले भक्तपुरका दुई नगरपालिका सूर्यविनायक र मध्यपुर थिमिलाई सांस्कृतिक शहरका रुपमा विकास गर्दै पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ सम्भाव्यता अध्ययन शुरु गरेको हो ।
  • सम्भाव्यता अध्ययनका क्रममा टोलीले मध्यपुर थिमीको विविध सांस्कृतिक झाँकी, नीलबाराही मन्दिर क्षेत्र, लायकु दरबार क्षेत्र, थिमिको पोटरी स्क्वायर क्षेत्रको अवलोकन गरेको छ ।

भक्तपुर, ११ फागुन , संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले भक्तपुरको मध्यपुर थिमि र सूर्यविनायक नगरपालिकाको पर्यटकीय सम्भाव्यताको अध्ययन शुरु गरेको छ ।

मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा नेतृत्वको टोलीले भक्तपुरका दुई नगरपालिका सूर्यविनायक र मध्यपुर थिमिलाई सांस्कृतिक शहरका रुपमा विकास गर्दै पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ सम्भाव्यता अध्ययन शुरु गरेको हो ।

सम्भाव्यता अध्ययनका क्रममा टोलीले मध्यपुर थिमीको विविध सांस्कृतिक झाँकी, नीलबाराही मन्दिर क्षेत्र, लायकु दरबार क्षेत्र, थिमिको पोटरी स्क्वायर क्षेत्रको अवलोकन गरेको छ । त्यस्तै सूर्यविनायकको रानीकोट दरवार, अनन्तलिङगेश्वर, डोलेश्वर, आशापुरी मन्दिर क्षेत्रकोसमेत अध्ययन गरेको छ ।

ऐतिहासिक महत्व राख्ने मध्यपुर थिमी र सूर्यविनायकको धार्मिक एवं सांस्कृतिक सम्पदाका साथै प्राकृतिकस्थलको संरक्षण, संबद्र्धन र प्रवद्र्धन गरी अन्तर्राष्ट्रियस्तरमा पर्यटन प्रवद्र्धन गर्दै समृद्ध नगरपालिका बनाउन सकिने सम्भावना रहेको मन्त्रालयका सचिव देवकोटाले बताउनुभयो ।

पर्यटन सम्भाव्यता अध्ययन टोलीमा सहभागी हुनुभएका भक्तपुरका प्रतिनिधिसभा सदस्य महेश बस्नेतले दुई नगरपालिकालाई धार्मिक, सांस्कृतिक र प्राकृतिक दृष्टिकोणबाट विशेष प्याकेज बनाएर पर्यटन प्रवद्र्धन गर्न सकिने बताउनुभयो । मध्यपुर थिमिलाई संस्कृतिको जीवित संग्रहालय बनाउने गरी कार्य अगाडि बढाइएको उहाँको भनाइ छ ।

बस्नेतले भन्नुभयो–“पर्यटकीय दृष्टिकोणले ओझेलमा परेको मध्यपुर थिमिलाई जीवित संग्रहालयको रुपमा विकास गरिने छ, यहाँका ऐतिहासिक, धार्मिक विषय, सम्पदा, नाच, मौलिकतालाई समेटेर जीवित संग्रहालय बनाउने छौ ।”

सम्भाव्यता अध्ययन टोलीमा नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशी, प्रदेश नं ३ का प्रदेश सांसद राजेन्द्रमान श्रेष्ठलगायतको टोलीले पर्यटकीयस्थलको अवलोकन अनुगमन गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्वप्रधानमन्त्री केपी ओली, माधवकुमार नेपाल र बाबुराम भट्टराई,देउवाले बोलाएको बैठकमा गएनन्
पूर्वप्रधानमन्त्री केपी ओली, माधवकुमार नेपाल र बाबुराम भट्टराई,देउवाले बोलाएको बैठकमा गएनन्
पाँच वर्ष सरकार चलाएर परिणाम दिनुपर्छः महामन्त्री थापा
पाँच वर्ष सरकार चलाएर परिणाम दिनुपर्छः महामन्त्री थापा
यो  वर्ष काबुलमा ठूलो हमला, एम्बुलेन्स बम विस्फोट हुँदा ९५ को मृत्यु १५८ जना घाइते
यो वर्ष काबुलमा ठूलो हमला, एम्बुलेन्स बम विस्फोट हुँदा ९५ को मृत्यु १५८ जना घाइते
डिउटीमा रहेका प्रहरीले आफ्नै च्यापुमा गोली हानेपछि…
डिउटीमा रहेका प्रहरीले आफ्नै च्यापुमा गोली हानेपछि…
फ्रान्सको आग्रहमा युक्रेनको राजधानी सहित ४ शहरमा रुसको युद्धविराम
फ्रान्सको आग्रहमा युक्रेनको राजधानी सहित ४ शहरमा रुसको युद्धविराम
नेपालमा पहिलोपटक चिकित्सकलाई कोरोना, संक्रमितको ठेगाना ललितपुर
ढोरपाटन पुगे नौ हजार पर्यटक
ढोरपाटन पुगे नौ हजार पर्यटक
कांग्रेसद्वारा लगातार संसद बैठक अवराेध
कांग्रेसद्वारा लगातार संसद बैठक अवराेध
अर्जेन्टिना विरुद्ध आइसल्यान्ड – खेल र हेर्नलायक खेलाडी
अर्जेन्टिना विरुद्ध आइसल्यान्ड – खेल र हेर्नलायक खेलाडी
सिटीको सानदार जित, टोटनहम रोकियो
सिटीको सानदार जित, टोटनहम रोकियो

तपाईंले छुटाउनुभयो कि?