भारतीय विदेशमन्त्री स्वराज चढेको बिमान १४ मिनेट यसरी हराएपछि…

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २१, २०७५
|
|
३१ पटक हेरिएको
Shares
भारतीय विदेशमन्त्री स्वराज चढेको बिमान १४ मिनेट यसरी हराएपछि…

सारांश

  • एजेन्सी- भारतीय विदेशमन्त्री सुष्मा स्वराज ब्रिक्स देशको सम्मेलनमा भाग लिन दक्षिण अफ्रिका पुगेकी छिन् ।
  • बीबीसीका अनुसार स्वराजले दक्षिण अफ्रिकाका पुगेर राष्ट्रपति सिरिल रामाफोसासँग भेट गरेकी छिन् ।
  • यद्यपी, शनिबार दक्षिण अफ्रिकाको यात्राको क्रममा सुष्मा चढेको विमान १४ मिनेटसम्म सम्पर्क बाहिर भएपछि स्थिति तनावग्रस्त भएको थियो ।

एजेन्सी- भारतीय विदेशमन्त्री सुष्मा स्वराज ब्रिक्स देशको सम्मेलनमा भाग लिन दक्षिण अफ्रिका पुगेकी छिन् । बीबीसीका अनुसार स्वराजले दक्षिण अफ्रिकाका पुगेर राष्ट्रपति सिरिल रामाफोसासँग भेट गरेकी छिन् ।

यद्यपी, शनिबार दक्षिण अफ्रिकाको यात्राको क्रममा सुष्मा चढेको विमान १४ मिनेटसम्म सम्पर्क बाहिर भएपछि स्थिति तनावग्रस्त भएको थियो । भारस्वराजकोको दक्षिण अफ्रिका यात्राको क्रममा मोरिससको एयर ट्राफिक कन्ट्रोल (एटीसी) ले एक अलर्ट जारी गरेपछि १४ मिनेटसम्म स्थिति असामान्य रहेको बताइएको थियो ।

स्वराज भारतीय वायुसेनाको विमानमा सवार थिइन्, त्यही बिमान करिब १४ मिनेटसम्म मोरिससको एटीसीसँग सम्पर्कमा नआएपछि अलर्ट जारी गरिएको थियो ।

एयरपोर्ट अथोरिटी अफ इन्डियाका जनरल म्यानेजर (कर्पोरेट कम्युनिकेशन) जेबी सिंहले बीबीसीलाई भनेका छन्, ‘मोरिससले एकतर्फी अलर्ट जारी गरेको थियो ।’ उनका अनुसार साधारणतया यदि कुनै विमान आधा घण्टासम्म सम्पर्कमा नरहे यस्तो प्रकारको अलर्ट जारी गरिन्छ ।

‘भीआईपी सवार भएकाले जारी गरियो अलर्ट’
जेबी सिंहले भने, ‘त्यो वायुसेनाको विमान थियो र हाम्रो एयरस्पेसमा थिएन । माले (मालदिभ्सको राजधानी)ले मोरिससलाई उक्त विमानसँग सम्पर्क गर्नका लागि संदेश दिएको थियो । मोरिससका एटीसीले १४ मिनेटसम्म विमानबाट रेडियो सम्पर्क स्थापित गर्न सकेको थिएन ।’

अधिकारीको तर्फबाट आइतबार जारी एक प्रेस विज्ञप्तिमा भनिएको थियो, ‘सायद मोरिससले विमानमा भिआइपी (अति विशिष्ठ व्यक्ति) सवार भएकाले उक्त अलर्ट जारी गरेको थियो ।’
एम्बार १३५ विमान इन्धन लिनका लागि त्रिरुवनन्तपुरम र मोरिससमा रोक्नु परेको अधिकारीले जानकारी दिए ।

-बीबीसी न्युजबाट

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Ram Rai

    सधैंकाे लागि हराएकाे भए कति दामी हुन्थ्याे भन्नु पनि कता?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?