सुनकोसीमा मरे ५० बाख्रा

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन ११, २०७७
|
|
५१ पटक हेरिएको
Shares
सुनकोसीमा मरे ५० बाख्रा

सारांश

  • सुनकोसी गाउँपालिका–७ मा धमाधम किसानका बाख्रा मर्न थालेका छन् ।
  • बाख्रा मरेर खोर नै रित्तिन थालेपछि पात्ले, कापिङ र आसपासका किसान चिन्तित बनेका छन् ।
  • पछिल्लो दुई साताका बीच ५० भन्दा बढी बाख्रा मरिसकेको र मर्ने क्रम नरोकिएको स्थानीयवासी सानु तिमल्सिनाले बताउनुभयो ।

सुनकोसी गाउँपालिका–७ मा धमाधम किसानका बाख्रा मर्न थालेका छन् । बाख्रा मरेर खोर नै रित्तिन थालेपछि पात्ले, कापिङ र आसपासका किसान चिन्तित बनेका छन् । पछिल्लो दुई साताका बीच ५० भन्दा बढी बाख्रा मरिसकेको र मर्ने क्रम नरोकिएको स्थानीयवासी सानु तिमल्सिनाले बताउनुभयो । “कतिपयको त खोर नै रित्तिएको छ, धमाधम बाख्रा मरिरहेको छ”, तिमल्सिनाले भन्नुभयो, “गाउँपालिकालाई यसबारे सुनाउँदा कुनै चासो नै दिएन ।” पिपिआर रोगको सुई माग गर्दा गाउँपालिकाले पठाउन नसकेको उहाँले गुनासो गर्नुभयो ।

गाउँपालिकाले सबै वडामा गरी नौ गाउँ प्रहरी राखे पनि किसानका बाख्रा धमाधम मरिरहँदा औषधोपचारमा दक्ष चिकित्सक खटाउन सकेको छैन । गाउँपालिकाको पशु सेवा शाखामा एक मात्र कर्मचारी छन् । पछिल्लो दुई सातामा कापिङमा स्थानीयवासी सीताराम तिमल्सिना, हरि तिमल्सिना, अर्जुन तिमल्सिना, अनिता तिमल्सिना र अन्यका गरी ४० बढी बाख्रा मरेको छ । “मेरो आफ्नै खोरका नौ वटा बाख्रा मरिसकेको छ”, सानुले भन्नुभयो ।

स्थानीयवासीले पशु चिकित्सक पठाइदिन पटक पटक आग्रह गरेपछि गाउँपालिकाले बनेपाबाट दुई चिकित्सक झिकाएर रोग परीक्षणका लागि पात्ले र कापिङ क्षेत्रमा पठाएको उहाँले बताउनुभयो । परीक्षण गर्दा रोग पहिचान नभएको र पिपिआरसँग मिल्दो लक्षण देखिएको गाउँपालिका पशु सेवा शाखाका रामचन्द्र जिसीले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजपा नेपालमा बढ्यो विवाद, आज असन्तुष्ट पक्षको छुट्टै भेला
राजपा नेपालमा बढ्यो विवाद, आज असन्तुष्ट पक्षको छुट्टै भेला
The greatest Online Dating Warning flags – What Every Dude Needs to Find out
आगामी वर्ष इतिहासकै तीब्र आर्थिक बृद्धीको बर्ष हुने
आगामी वर्ष इतिहासकै तीब्र आर्थिक बृद्धीको बर्ष हुने
नेमकिपाःसातै प्रदेशमा संयोजक मनोनीत
चुम उपत्यकाले शान्ति तथा अहिंसाको सन्देश दिएको छ : प्रधानमन्त्री दाहाल
चुम उपत्यकाले शान्ति तथा अहिंसाको सन्देश दिएको छ : प्रधानमन्त्री दाहाल
२ सय, ५ सय र २ हजार दरका भारतीय नोट नेपालमा नचल्ने
२ सय, ५ सय र २ हजार दरका भारतीय नोट नेपालमा नचल्ने
नेपाली काङ्रेस ओखल्ढुङ्गाको अधिवेशनमा बलियो देखियो खनाल समूह
नेपाली काङ्रेस ओखल्ढुङ्गाको अधिवेशनमा बलियो देखियो खनाल समूह
म्याग्दीको ताकममा पहिरोमा घर पुरिँदा दुई जनाको मृत्यु
म्याग्दीको ताकममा पहिरोमा घर पुरिँदा दुई जनाको मृत्यु
६ नम्बर प्रदेशमा एमालेले किन झिक्यो लफडा ? मुख्यमन्त्रीका उम्मेदवार शाही अलपत्र
६ नम्बर प्रदेशमा एमालेले किन झिक्यो लफडा ? मुख्यमन्त्रीका उम्मेदवार शाही अलपत्र
भएन दशरथ रङ्गशालाको पुनःनिर्माण,‘साग’ प्रतियोगिता प्रभावित हुने पक्का
भएन दशरथ रङ्गशालाको पुनःनिर्माण,‘साग’ प्रतियोगिता प्रभावित हुने पक्का