नक्कली सर्टिफिकेटले अमेरिका होइन प्रहरी खोर पुर्यायो

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन १८, २०७५
|
|
२० पटक हेरिएको
Shares
नक्कली सर्टिफिकेटले अमेरिका होइन प्रहरी खोर पुर्यायो

सारांश

  • सिन्धुली कमलामाई नगरपालिकाकी रेखा माझीले अमेरिकन ईडीभी चिठ्ठाकोको फारम भरिन् ।
  • फारममा उनले प्लस टु तह पास गरेको उल्लेख गरेकी थिइन् आखिर चिठ्ठा प¥यो पनि ।
  • काठमाडौंस्थित अमेरिकी दूतावासले माझीलाई बोलाएर नागरिकतालगायत शैक्षिक योग्याताको सर्टिफिकेट माग्यो ।

सिन्धुली कमलामाई नगरपालिकाकी रेखा माझीले अमेरिकन ईडीभी चिठ्ठाकोको फारम भरिन् । फारममा उनले प्लस टु तह पास गरेको उल्लेख गरेकी थिइन् आखिर चिठ्ठा प¥यो पनि ।

काठमाडौंस्थित अमेरिकी दूतावासले माझीलाई बोलाएर नागरिकतालगायत शैक्षिक योग्याताको सर्टिफिकेट माग्यो । माझीले नक्कली सर्टिफिकेट बनाउने गिरोहसँगको सम्पर्कमा प्लस टु पास गरेको सर्टिफिकेट बनाइन् । दूतवासमा उनले नक्कली सर्टिफिकेट बुझाएपछि उसले छानबिन थाल्यो । सम्बन्धित कलेजमा पनि उले बुझ्यो । तर उसको अभिलेख भेटिएन । माझीले आठ कक्षा मात्रै अध्ययन गरेको रहस्या खुल्यो । माझीले तीन लाख रुपैयाँ खर्च गरेर काठमाडौंमै नक्कली सर्टिफिकेट बनाएकी थिइन् ।

माझीले बुझाएको सर्टिफिकेट नक्कली रहेको थाहा पाएपछि दूतावासले महानगरीय प्रहरी अपराध महाशाखालाई पत्र लेख्दै आवश्यक छानबिन गरेर कारबाही गर्न पत्राचार ग¥यो । माझी अहिले प्रहरी हिरासतमा छिन् । अन्नपूर्णपोष्टबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?