एक सातामै ७५ हजार बस बाहिरिए
सारांश
- महानगरीय ट्राफिक प्रहरी महाशाखाले एक सातामा काठमाडौं उपत्यकाबाट ७४ हजार ५ सय ७५ वटा दसैंतिहार लक्षित सवारी साधन बाहिरिएको जनाएको छ।
- महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार एक हप्तामा ७० हजार ३० वटा सवारी उपत्यकामा भित्रिएका छन्।
- ‘दसैं तिहार मनाउने यात्रु बोकेर दैनिक आठ हजार बसहरु बाहिरिने गरेका छन्,’ प्रमुख एसएसपी भीमप्रसाद ढकालले भने, ‘एक सातामा ७४ हजार ५ सय ७५ वटा सवारी साधन बाहिरिएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले एक सातामा काठमाडौं उपत्यकाबाट ७४ हजार ५ सय ७५ वटा दसैंतिहार लक्षित सवारी साधन बाहिरिएको जनाएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार एक हप्तामा ७० हजार ३० वटा सवारी उपत्यकामा भित्रिएका छन्।
‘दसैं तिहार मनाउने यात्रु बोकेर दैनिक आठ हजार बसहरु बाहिरिने गरेका छन्,’ प्रमुख एसएसपी भीमप्रसाद ढकालले भने, ‘एक सातामा ७४ हजार ५ सय ७५ वटा सवारी साधन बाहिरिएको छ।
अझै धेरै संख्यामा यात्रु बस बाहिरिने छन। हामीले ती यात्रु सुरक्षाको लागि पनि पहल गर्दै आएका छौं।’ एक सातामा बढी भाडा लिने, मादक पदार्थ सेवन गर्ने, तीव्र गतिमा चलाउनेलगायतका ९ हजार आठ सय ९५ सवारी साधनलाई कारबाही गरेको बताए।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया