सांसद बन्न नसकेका बामदेव गौतमलाई फेरि अर्को झड्का
सारांश
- संसद छिर्ने अनेकौ प्रयास असफल भए पछि नेकपा नेता बामदेव गौतमले राष्ट्रिय विकास प्राधिकरण गठन गर्न र त्यसको नेतृत्व आफुलाई दिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रस्ताव राखे ।
- तर गौतमले राखेको उक्त प्रस्तावलाई प्रधानमन्त्री ओलीले ठाडै अस्वीकार गरिदिएका छन् ।
- प्रधानमन्त्रीबाट आफ्नो प्रस्ताव अस्वीकार गरे पछि रुष्ट बनेका गौतमले चेतावनी मिश्रित भाषामा गैरनाफामूलक नीजि कम्पनी खोल्ने दावी गरेका छन् ।
संसद छिर्ने अनेकौ प्रयास असफल भए पछि नेकपा नेता बामदेव गौतमले राष्ट्रिय विकास प्राधिकरण गठन गर्न र त्यसको नेतृत्व आफुलाई दिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रस्ताव राखे । तर गौतमले राखेको उक्त प्रस्तावलाई प्रधानमन्त्री ओलीले ठाडै अस्वीकार गरिदिएका छन् । प्रधानमन्त्रीबाट आफ्नो प्रस्ताव अस्वीकार गरे पछि रुष्ट बनेका गौतमले चेतावनी मिश्रित भाषामा गैरनाफामूलक नीजि कम्पनी खोल्ने दावी गरेका छन् ।
आफुले खोल्ने कम्पनीमार्फत सबैलाई चकित पार्ने दावी समेत गौतमले गरेका छन् । संसदीय निर्वाचनमा बर्दियाबाट पराजित गौतम सक्रिय भूमिकामा फर्कन निकै प्रयास गरिरहेका छन् । संसदमा जान निकै जोडबल गरेका उनले डोल्पा, बैतडी, दैलेख, बाँके, प्युठान, नवलपरासीका सांसदलाई राजीनामा दिन आग्रह गरेका थिए ।
तर ती जिल्लाका सांसदले गौतमको प्रस्ताव अस्वीकार गरेका थिए । यद्यपी काठमाडौँ ७ का सांसद रामवीर मानन्धरले भने गौतमका लागि राजीनामा दिन तयार भएका थिए । तर पार्टीभित्रै र बाहिरबाट गौतमको प्रयासको चर्को बिरोध भए पार्टीले मानन्धरको राजीनामालाई अस्वीकृत गरेको थियो ।
प्रतिक्रिया