बाराका दुवै उपमहानगरमा एमालेको अग्रता

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ५, २०७४
|
|
२४ पटक हेरिएको
Shares
बाराका दुवै उपमहानगरमा एमालेको अग्रता

सारांश

  • ५ असोज, काठमाडौं ।
  • २ नम्बर प्रदेशका तीन उपमहानगरपालिकामध्ये दुईमा एमाले र एउटामा राजपाले अग्रता लिएका छन् ।
  • जनकपुर उपमहानगरपालिकामा राजपाले निकै फराकिलो अन्तरमा कांग्रेसलाई पछि पारेको छ ।

५ असोज, काठमाडौं । २ नम्बर प्रदेशका तीन उपमहानगरपालिकामध्ये दुईमा एमाले र एउटामा राजपाले अग्रता लिएका छन् । जनकपुर उपमहानगरपालिकामा राजपाले निकै फराकिलो अन्तरमा कांग्रेसलाई पछि पारेको छ ।

त्यस्तै बाराका दुवै उपमहानगरपालिकामा एमालेले अग्रता लिएको छ । जितपुर सिमरा र कलैया उपमहानगरमा एमालेले अग्रता लिएको हो ।

जितपुर सिमरा उपमहानगरपालिकाको अहिलेसम्म गणना सकिएका ७ मध्ये ५ वडामा जितेर पनि माओवादी केन्द्र मेयरमा भने पछि परेको छ । मेयरमा एमालेका डा.कृष्ण पौडेलले बिहान १० बजेसम्म ५०६४ मत प्राप्त गरेर अग्रता कायम राखेका छन् ।

माओवादी केन्द्रका राजन पौडेलले ४१७७ मतका साथ पछ्याइरहेका छन् । कांग्रेसका कृष्णव्रत सिंह ३४३४ मतसहित तेस्रो स्थानमा छन् ।

मतगणना सकिएका वडामध्ये माओवादीले २, ३, ४, २२ र ३३ वडामा जितेको छ भने कांग्रेसले १ नम्बर वडा र एमालेले २४ नम्बर वडामा जित हासिल गरेका छन् ।

कलैया उपमहानगरपालिकामा पनि एमालेकै विनोद साह १७११ मतसहित अग्रस्थानमा छन् । फोरमका प्रमोद गुप्ताले १५८६ मतका साथ उनलाई पछ्याइरहेका छन् भने कांग्रेसका राजेश यादवले १२२५ मत पाएका छन् ।

गणना सकिएका २ वडामध्ये ३ नम्बरमा माओवादी केन्द्र र ४ नम्बर वडामा फोरम लोकतान्त्रिकका उम्मेदवार विजयी भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौंमा पनि कांग्रेसका दुई उम्मेदवार विजयी !
काठमाडौंमा पनि कांग्रेसका दुई उम्मेदवार विजयी !
पूर्व राजा ज्ञानेन्द्र शाह मुटुमा समस्या देखिएपछि नर्भिक अस्पतालमा भर्ना
पूर्व राजा ज्ञानेन्द्र शाह मुटुमा समस्या देखिएपछि नर्भिक अस्पतालमा भर्ना
सुदूरपश्चिममा एक हजार छ सयमा डेङ्गु सङ्क्रमण, तीनको मृत्यु
सुदूरपश्चिममा एक हजार छ सयमा डेङ्गु सङ्क्रमण, तीनको मृत्यु
सहमति नजिक गठबन्धन
सहमति नजिक गठबन्धन
सरकारलाई प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न हम्मेहम्मे, सर्यो मन्त्रिपरिषद बैठक
सरकारलाई प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न हम्मेहम्मे, सर्यो मन्त्रिपरिषद बैठक
प्रहरीको खोजीमा रहेका सिलवाल माधवकुमार नेपालसँगै बालुवाटारमा
प्रहरीको खोजीमा रहेका सिलवाल माधवकुमार नेपालसँगै बालुवाटारमा
स्वतन्त्र सांसद हत्या प्रकरण: यसरि भएकाे रहेछ हत्या
स्वतन्त्र सांसद हत्या प्रकरण: यसरि भएकाे रहेछ हत्या
कोलेस्ट्रोल कम गर्नका लागि पिउनुहोस् ७ प्रकारको पानी
कोलेस्ट्रोल कम गर्नका लागि पिउनुहोस् ७ प्रकारको पानी
स्थानीय तहमा पदाधिकारी र कर्मचारीले गरे अर्बौ हिनामिना
स्थानीय तहमा पदाधिकारी र कर्मचारीले गरे अर्बौ हिनामिना
खहरे खोला खोल्न काठमाडौं महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाका प्रतिनिधिबीच सहमति
खहरे खोला खोल्न काठमाडौं महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाका प्रतिनिधिबीच सहमति

तपाईंले छुटाउनुभयो कि?