१६ वर्षमा लेखापालको झण्डै ६ करोड कमाई तर वैध ८८ लाख मात्र

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २३, २०७६
|
|
३१ पटक हेरिएको
Shares
१६ वर्षमा लेखापालको झण्डै ६ करोड कमाई तर वैध ८८ लाख मात्र

सारांश

  • यातायात व्यवस्था कार्यालय सवारी कोसीका लेखापाल सुरेश अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा चलाइएको छ ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैद सजाय र जरिवाना माग गर्दै सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
  • अख्तियारले ५ करोड १० लाख ३३ हजार रुपैयाँ बिगो दाबी गरेको छ ।

यातायात व्यवस्था कार्यालय सवारी कोसीका लेखापाल सुरेश अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा चलाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैद सजाय र जरिवाना माग गर्दै सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले ५ करोड १० लाख ३३ हजार रुपैयाँ बिगो दाबी गरेको छ । अधिकारीको सम्पत्ति मूल्यांकनबाट १६ वर्षे जागिरे जीवनमा ५ करोड ९८ लाख आर्जन गरेको देखिएको छ । यसमध्ये ८८ लाख रुपैयाँ मात्र वैध  छ । उनले २०५९ मा जागिर सुरु गरेका थिए । उनले वैधानिक रुपमा ८८ लाख ३४ हजार ८ सय ८५ रुपैयाँ आय आर्जन गरेको र बाँकी रकम अवैध देखिएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । २०५९ देखि २०६० सम्म एक वर्ष रोल्पाको तेवाङमा गाविस सचिव रहेका अधिकारी २०६० देखि २०६५ सम्म नेपाल टेलिकमको सहायकस्तर तह ४ को पदमा कार्यरत थिए ।

निजामती सेवाको लेखापाल पदमा २०६५ चैतमा नियुक्त भई उनले कोष तथा लेखा नियन्त्रक कार्यालय भोजपुरमा दुई वर्ष काम गरे । उनी २०६७ देखि २०७४ वैशाखसम्म यातायात व्यवस्था कार्यालय कोसी इटहरीमा लेखापाल पदमा कार्यरत रहे । २०७४ वैशाख ६ गते राजस्व हिनामिनामा उनी निलम्बनमा परेका थिए ।

२०५९ असोजदेखि २०७५ वैशाखसम्मको आयव्यय तथा सिर्जित सम्पत्तिउपर विश्लेषण गर्दा निजले तलबभत्ता, प्रोत्साहन भत्ता, जग्गा बिक्री, नगद अंश भर्पाइ, कर्जालगायतबाट ८८ लाख ३४ हजार ८ सय ८५ रुपैयाँ आर्जन गरेको अख्तियारले जनाएको छ । सोही अवधिमा उनले आफू र श्रीमतीहरू दुर्गा अधिकारी, दीपा श्रेष्ठ (अधिकारी), सुस्मिता अधिकारी, सोममाया श्रेष्ठसहित सासू पुष्पकुमारी निरौला र मामा नाताका बलराम शर्मासमेतका नाममा खरिद गरी राखेका एवं लगानी गरेको चलअचल सम्पत्ति जग्गा खरिद, घर निर्माण, सवारी साधन खरिद, लगानी तथा खर्च एवं विभिन्न बैंक तथा वित्तीय संस्थामा मौज्दातलगायतमा ५ करोड ९८ लाख ६८ हजार रुपैयाँ खर्च तथा लगानी गरेको अख्तियारको अनुसन्धानले देखाएको छ ।

५ करोड १० लाख ३३ हजार रुपैयाँबराबरको स्रोत नखुलेको अख्तियारले जनाएको छ । भ्रष्टाचार निवारण ऐनअनुसार दुई वर्ष कैद र बिगोबमोजिम जरिवाना गरी गैरकानुनी सम्पत्ति जफत गर्न अख्तियारले अदालतसमक्ष माग गरेको छ । उनका श्रीमतीहरू, सासू र मामालाई प्रतिवादी बनाइएको छ । उनीहरूका नाममा रहेका सम्पत्ति जफत गर्न माग गरिएको छ । तर, त्यस्तो सम्पत्तिको हक हस्तान्तरण गरिसकेको र त्यसरी हस्तान्तरण गर्दा थैली कायम भएको रहेछ भने सो रकम ‘कपाली’सरह हुने व्यवस्था छ । अन्नपुर्ण पोष्टबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रीमती छोडेर भागे सीमा वार्तामा गएका प्रजिअ र डिएसपी
श्रीमती छोडेर भागे सीमा वार्तामा गएका प्रजिअ र डिएसपी
राष्ट्रियसभा चुनावका लागि २१ दललाई चुनाव चिह्न प्रदान (नाम र चिह्नसहित)
राष्ट्रियसभा चुनावका लागि २१ दललाई चुनाव चिह्न प्रदान (नाम र चिह्नसहित)
एमाले अध्यक्ष केपी ओली नियमित स्वास्थ्य परिक्षणका  लागि आज थाइल्याण्ड जाँदै;
एमाले अध्यक्ष केपी ओली नियमित स्वास्थ्य परिक्षणका लागि आज थाइल्याण्ड जाँदै;
सुर्य चिन्ह ‘ओली–प्रचण्ड नेतृत्वको नेकपा’ ले पाउने
सुर्य चिन्ह ‘ओली–प्रचण्ड नेतृत्वको नेकपा’ ले पाउने
महिला संजालकी अध्यक्षले यसरी फसाईन ईन्सपेक्टरलाई !
अहिले ढुंगा पग्लेर महासागर बनेका छन्, हामी टापु बनेका छौ’: डा बाबुराम भट्टराई
अहिले ढुंगा पग्लेर महासागर बनेका छन्, हामी टापु बनेका छौ’: डा बाबुराम भट्टराई
पाल्पामा पहिरो खस्दा सिद्धार्थ राजमार्गको यातायात सेवा अवरुद्ध
पाल्पामा पहिरो खस्दा सिद्धार्थ राजमार्गको यातायात सेवा अवरुद्ध
बिप्लप माओवादी पछि बहिर्गमित जनमुक्ति सेनाले दियो हतियार उठाउने चेतावनी !!!
बिप्लप माओवादी पछि बहिर्गमित जनमुक्ति सेनाले दियो हतियार उठाउने चेतावनी !!!
तरकारी खेतीबाटै करोडौँको मालिक
तरकारी खेतीबाटै करोडौँको मालिक
What $325 Purchases You In Legit -mail Order Wedding brides on bridesingles. com

तपाईंले छुटाउनुभयो कि?