पोखरामा असोज १० गते मिनीसडक महोत्सव हुने

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन ६, २०७६
|
|
३९ पटक हेरिएको
Shares
पोखरामा असोज १० गते मिनीसडक महोत्सव हुने

सारांश

  • विश्व पर्यटन दिवसका अवसरमा असोज १० गते ‘रेष्टुराँ एण्ड बार एशोसिएशन’ (रेवान)ले मिनी सडक महोत्सवको आयोजना गर्ने भएको छ ।
  • प्रत्येक वर्ष विश्वभरि २७ सेप्टेम्बरमा मनाइने सो दिवसको अवसरमा ‘पर्यटन र रोजगार सबैका लागि राम्रो भविष्य’ भन्ने मूल नारालाई आत्मसात् गर्दै यस वर्ष पनि विभिन्न कार्यक्रमका साथ यहाँ सो दिवस मनाउन लागिएको हो ।
  • राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय क्षेत्रमा पहिचान गराउने उद्देश्यले पर्यटन दिवसको उपलक्ष्यमा फिस्टेलगेटदेखि बाराहीचोकसम्म लेकसाइडमा बेलुका ५ः०० बजेबाट राति अबेरसम्म एकदिने महोत्सव गरिने मिनी सडक महोत्सवका संयोजक सूर्यबहादुर भुजेलले बताए ।

विश्व पर्यटन दिवसका अवसरमा असोज १० गते ‘रेष्टुराँ एण्ड बार एशोसिएशन’ (रेवान)ले मिनी सडक महोत्सवको आयोजना गर्ने भएको छ । प्रत्येक वर्ष विश्वभरि २७ सेप्टेम्बरमा मनाइने सो दिवसको अवसरमा ‘पर्यटन र रोजगार सबैका लागि राम्रो भविष्य’ भन्ने मूल नारालाई आत्मसात् गर्दै यस वर्ष पनि विभिन्न कार्यक्रमका साथ यहाँ सो दिवस मनाउन लागिएको हो ।

राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय क्षेत्रमा पहिचान गराउने उद्देश्यले पर्यटन दिवसको उपलक्ष्यमा फिस्टेलगेटदेखि बाराहीचोकसम्म लेकसाइडमा बेलुका ५ः०० बजेबाट राति अबेरसम्म एकदिने महोत्सव गरिने मिनी सडक महोत्सवका संयोजक सूर्यबहादुर भुजेलले बताए । महोत्सवको मुख्य आकर्षण

अन्तर्गत सडकमै विभिन्न राष्ट्रिय अन्तर्रा्ष्ट्रिय खानाको परिकार, नेपालका विभिन्न जातीय र धार्मिक संस्कृति झल्किने सांस्कृतिक कार्यक्रम, साहसिक खेलकूद तथा पर्यटकीय आकर्षण वृतचित्रको प्रदर्शनी, लाइभ व्याण्ड, पञ्चेबाजाका साथै गन्दर्भ गायन र सडकमै मनोरञ्जनात्मक कार्यक्रम गरिने आयोजकले जनाएको छ ।

पर्यटन प्रवद्र्धनमा सूचना प्रविधि र सञ्चारको क्षेत्रमा भएको अभूतपूर्व विकासको माध्यमबाट नेपालमा रहेको सम्पदालाई विश्वसामु प्रस्तुत गर्दै अन्तर्रा्ष्ट्रिय पर्यटकलाई आकर्षित गरी आय र रोजगारीका अवसरमा अभिवृद्धि गर्ने प्रचुर सम्भावना रहेकोले सो अवसरलाई सदुपयोग गरिने बताइएको छ । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिङ्गो देश परिवर्तनको पक्षमा : सभापति लामिछाने
सिङ्गो देश परिवर्तनको पक्षमा : सभापति लामिछाने
पत्रकार खसोगीको हत्यामा संलग्न पाँच साउदी अधिकारीलाई मृत्युदण्ड
पत्रकार खसोगीको हत्यामा संलग्न पाँच साउदी अधिकारीलाई मृत्युदण्ड
प्रधानमन्त्री ओलीसँग कतिखेर भेट्ने ? (हेर्नुस् समय तालिका)
निर्मला हत्या प्रकरणः आठ प्रहरीलाई पक्राउ गरी मुद्दा चलाउन प्रहरी प्रधान कार्यालयको निर्देशन
निर्मला हत्या प्रकरणः आठ प्रहरीलाई पक्राउ गरी मुद्दा चलाउन प्रहरी प्रधान कार्यालयको निर्देशन
विश्व सडक सुरक्षा सप्ताह आजदेखि सुरु !
मनाेरञ्जन समाचार : मेकअप नगरेकी प्रियंकाको तस्बिर भाइरल
मनाेरञ्जन समाचार : मेकअप नगरेकी प्रियंकाको तस्बिर भाइरल
प्रशासनिक सुधारमा सरकारको कडा कदम: पेन्सनभोगी करार कर्मचारी हटाइए, नयाँ ‘पूल’ प्रणाली लागू
प्रशासनिक सुधारमा सरकारको कडा कदम: पेन्सनभोगी करार कर्मचारी हटाइए, नयाँ ‘पूल’ प्रणाली लागू
‘राज्यबाट न्याय पाइनँ, अब जनतासँग न्याय माग्छु।’ नवराज सिलवाल ।
‘राज्यबाट न्याय पाइनँ, अब जनतासँग न्याय माग्छु।’ नवराज सिलवाल ।
मन्त्रिपरिषद पुनर्गठन अन्यौलमा
मन्त्रिपरिषद पुनर्गठन अन्यौलमा
निर्वाचनका दिन १८ सय सुरक्षाकर्मी परिचालन गरिने
निर्वाचनका दिन १८ सय सुरक्षाकर्मी परिचालन गरिने