बालकुमारी घटनाका दोषीमाथि कारबाही हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष १६, २०८०
|
|
२० पटक हेरिएको
Shares
बालकुमारी घटनाका दोषीमाथि कारबाही हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

सारांश

  • काठमाडौं ।
  • उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रबार ललितपुरको बालकुमारीमा मानवीय तथा भौतिक क्षति हुने गरी भएको घटनाका दोषीलाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
  • प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उनले छानबिनबाट दोषी ठहरिएकालाई कारबाहीको दायरामा ल्याइने प्रतिबद्धता जनाए ।

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रबार ललितपुरको बालकुमारीमा मानवीय तथा भौतिक क्षति हुने गरी भएको घटनाका दोषीलाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उनले छानबिनबाट दोषी ठहरिएकालाई कारबाहीको दायरामा ल्याइने प्रतिबद्धता जनाए ।

घटनाको निष्पक्ष र वस्तुगत छानबिन गर्न सरकारले जाँचबुझ आयोग ऐन, २०२६ अनुसार सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा आयोग गठन गरेको जानकारी दिँदै उहाँले आयोगले घटनाको सबै पक्षमा छानबिन गर्ने विश्वास दिलाए । “उक्त घटना अनपेक्षित र दुःखद् घटना हो, दोषीलाई कारबाही हुन्छ । यसप्रकारका घटना नदोहारिन सरकार तयार र थप जिम्मेवार छ”, उनले भने, “आयोगले विस्तृत अनुसन्धान गर्नेछ, आयोगको सिफारिस कार्यान्वयन गरिनेछ ।”

उपप्रधानमन्त्री श्रेष्ठले मृतकका परिवारलाई आर्थिक सहयोग थप गर्नेबारेमा पनि सरकार परामर्शमा रहेको बताए । “मृतकका परिवारलाई जनही रु १० लाख दिने प्रारम्भिक निर्णय हो, इपिएस कोष र वैदेशिक रोजगार बोर्डमार्फत थप सहयोग गरिनेछ”, उनले भने । मृतकका परिपवारलाई योग्यताअनुसारको रोजगारी सरकारले नै उपलब्ध गराउने उनको भनाइ छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Tree Mail

    Normally I do not read article on blogs however I would like to say that this writeup very forced me to try and do so Your writing style has been amazed me Thanks quite great post

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?