आजदेखि पृतनापति सम्मेलन

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन १९, २०७७
|
|
३५ पटक हेरिएको
Shares

सारांश

  • नेपाली सेनाले पृतनापति सम्मेलन आजदेखि सुर गर्ने भएको छ ।
  • तीन दिनसम्म चल्ने सो सम्मेलनमा मुलुकको समग्र सुरक्षा अवस्थाको बारेमा छलफल हुने सेनाले जनाएको छ ।
  • महाशिवरात्री तथा सेना दिवसको अवसर पारेर आयोजना गरिएको सम्मेलन आजदेखि शुरु हुने भएको हो ।

नेपाली सेनाले पृतनापति सम्मेलन आजदेखि सुर गर्ने भएको छ । तीन दिनसम्म चल्ने सो सम्मेलनमा मुलुकको समग्र सुरक्षा अवस्थाको बारेमा छलफल हुने सेनाले जनाएको छ ।

महाशिवरात्री तथा सेना दिवसको अवसर पारेर आयोजना गरिएको सम्मेलन आजदेखि शुरु हुने भएको हो ।सम्मेलनमा सबै पृतनापतिले मुलुकको पछिल्लो सुरक्षा अवस्थाका बारेमा जानकारी गराउने कार्यक्रम रहेको छ । सम्मेलनमा आगामी दिनमा सेनाले लिनुपर्ने रणनीतिको बारेमा समेत छलफल हुने बताइएको छ ।

साथै जंगी अड्डाका महानिर्देशनालय र विभागीय प्रमुखहरुबाट आन्तरिक सुदृढिकरणको क्षेत्रमा भए÷गरेका कार्यहरुका बारेमा प्रस्तुतीकरण एवं छलफल हुने सेनाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?