बालकृष्ण ढुंगेलको बाँकी कैद मिनाह राष्ट्रपतिकाे हातमा !

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ १४, २०७५
|
२५
|
२० पटक हेरिएको
Shares
बालकृष्ण ढुंगेलको बाँकी कैद मिनाह राष्ट्रपतिकाे हातमा !

सारांश

  • काठमाडाै, १४ जेठ ।
  • तत्कालीन माओवादी नेता बालकृष्ण ढुंगेलको बाँकी कैद मिनाह सम्बन्धि  मन्त्रिपरिषदले गरेकाे निर्णयको फाइल राष्ट्रपति विद्यादेवी भण्डारि कहाँ पुगेकाे छ ।
  • कर्तव्यज्यान मुद्दामा सजाय भोगिरहेका तत्कालीन माओवादी नेता बालकृष्ण ढुंगेलको बाँकी कैद मिनाह गर्ने नगर्ने सम्बन्धि अन्तिम हस्ताइरकाे लागी फाइल राष्टपति कहाँ पठाइएकाे हाे ।

काठमाडाै, १४ जेठ । तत्कालीन माओवादी नेता बालकृष्ण ढुंगेलको बाँकी कैद मिनाह सम्बन्धि  मन्त्रिपरिषदले गरेकाे निर्णयको फाइल राष्ट्रपति विद्यादेवी भण्डारि कहाँ पुगेकाे छ ।

कर्तव्यज्यान मुद्दामा सजाय भोगिरहेका तत्कालीन माओवादी नेता बालकृष्ण ढुंगेलको बाँकी कैद मिनाह गर्ने नगर्ने सम्बन्धि अन्तिम हस्ताइरकाे लागी फाइल राष्टपति कहाँ पठाइएकाे हाे । भण्डारीले हस्ताक्षर गरेमात्रै कार्यान्वयन हुनेछ ।

ढुंगेललाइ माफी दिने निर्णय राेक्न परेकाे रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी दुवै पक्षलाइ छलफलमा झिकाएका बेला सरकारले अाममाफीकाे निर्णय गरेकाे थियाे । ढुंगेलसहित ८४० कैदीको सजाय छुट गृह मन्त्रालयको प्रस्ताव आइतबार राति बसेको मन्त्रिपरिषद बैठकले पारित गरिसकेकाे  छ।

कर्तव्य ज्यान मुद्दामा डिल्लीबजार कारागारमा रहेका ढुंगेलसहित ८४० कैदीको सजाय मिनाह गर्न गृहले सिफारिश गरेअनुसार गृहले फाइल मन्त्रिपरिषद पठाएको हो। गृह स्रोतका अनुसार सजाय माफी भएकामध्ये २५ जना ६५ वर्ष नाघेका ज्येष्ठ नागरिक हुन्। ७१३ जना ४० प्रतिशत कैद सजाय काटिसकेकाहरू हुन्। ‘ढुंगेलले ४० प्रतिशत कैद भुक्तान गरिसकेको एवं जेलमा असल चालचलन देखाएको’ निष्कर्षसहित गृहले बाँकी कैद माफीको सिफारिश गरेकाे थियाे। ‘उहाँकाे हकमा विवाद देखिएपछि गृहले महान्यायाधिवक्ताको कार्यालयसँग राय मागेको थियो’, गृह स्रोतले भन्यो, ‘कारागार नियमावलीअनुसार ४० प्रतिशत कैद भुक्तान भइसकेको अवस्थामा छोड्न मिल्छ भन्ने राय आएकाले त्यसैअनुसार गरिएको हो। नियम सबैलाइ बराबरी हाे।’

जिल्ला अदालत ओखलढुंगाले २०६१ मा उज्जन श्रेष्ठ हत्यामा ढुंगेललाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो। पुनरावेदनबाट सफाइ पाए पनि सर्वोच्च अदालतले २०६६ सालमा जिल्ला अदालतको फैसला सदर गरेको थियो।

तत्कालीन डा.बाबुराम भट्टराई सरकारले उनलाई आममाफीका लागि राष्ट्रपति कार्यालयसमक्ष सिफारिस गरेपछि सर्वोच्चमा आममाफीविरुद्ध रिट परेको थियो। सो रिटमा फैसला गर्दै सर्वोच्च अदालतको संवैधानिक इजलासले २०७२ पुस २३ गते माफी मिनाह नगर्न अादेश दिएकाे थियाे।

यस पटक पनि ढुंगेललाई आममाफी दिने तयारी सार्वजनिक भएपछि अदालतको अपहेलना मुद्दा सर्वोच्चमै विचाराधीन रहेको अवस्थामा सत्ता र शक्तिको दुरुपयोग गरी छोड्ने तयारी भएको भन्दै बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट दायर गरेका थिए। सर्वोच्चले रिटमा सुनुवाई गर्दै शुक्रबार कारणदेखाऊ आदेश र दुवै पक्षलाई झिकाउने निर्णय गरेको थियो।

(Tramadol)

प्रतिक्रिया

25 कमेन्ट

    Comment Author

    Balaram Dahal

    मिनाह हुनछ नेपाल माा

    Comment Author

    Mahendra Koirala

    अदालत को हात मा पुगे जस्तो लागेको थियो त मुद्दा परेको छ त ?

    Comment Author

    Padam Rana

    आफ्नो पोइको हत्यारा खोज्न नसक्नेले अरु के नै पो गर्न सक्छ्न

    Comment Author

    Om Sunuwar

    यस्तो खाल्को एउटा ब्यत्तिको मुक्ति पाउनुले पुरै देश र जनता माथिको विश्वासमा लात मार्नु हो ,किनकी एउटा खारब ब्यत्तिको हाँसोले हजारौ ब्यत्तिलाइ निराशा पार्छ भने त्यो एउटालाइ नै नस्ट पारेर हजारौलाइ खुशी पार्नु उत्तम हो बाँकी तपाइहरुकै बिचार ! मेरो भन्नु केहि छैन ।म त राम्रोलाइ राम्रो नराम्रोलाइ जरै देखी खतम गर्नु पर्छ भन्ने परें ।

    Comment Author

    Krishna Thakuri

    जुनसुकै पार्टीको भए पनि हत्यारा हत्यारै हो हत्याराले मिनहा पाउनु हुदैन पायो भने पिदितले कहिले पनि न्याय पाउदैन र हत्या हिम्सा कहिल्यै पनि उनमुख हुदैन

      Comment Author

      Kamala Thapa Basnet

      100%sahi krishna thauri jiu

    Comment Author

    भ्रष्टाचारी गरिब

    प्रेम अन्धो हुन्छ ! एकपटक बसेको प्रेम तिरस्कार गर्न पनि सकिदैन ! बरु आफ्नैलाई सिध्याउन सजिलो हुन्छ ! यो पनि त् प्रेम नै हो, तिरस्कार कसरि गर्ने ? प्रेमले भौतिक शरीर मात्र माग्दैन बलिदान पनि माग्छ, त्यसैले स्वीकार गर !

    Comment Author

    बिगरिय को मानिस भिकारी

    बाकी जेल जिवान रास्त्र्प्ती ले भोग्ने कि

    Comment Author

    Satya Satya

    आज ढुंगेलको सजाय मिनाहा हुन्छ भने भोली मदन भण्डारीको हत्यारा पत्ता लागेको खण्डमा उनको पनि सजाय मिनाहाको बाटो खुल्नेछ समयमै विचार गरौ सम्बन्धित निकाय तथा ब्यक्तिहरुले

    Comment Author

    Dhan Bdr Mahata

    Yesto ni hunx r nepal ma xi xi lajko mardo k va k ho yesto

    Comment Author

    Bijendra Manandhar

    शान्तिको नेपाल अशान्तिको नेपाल बनाउन लागेको होला यि बामपंथी सरकारले!ज्यानमारा हत्यारालाइ माफी दियर,यदी बालकृश्नलाइ आममाफी दिने हो भने यस्तै मुद्दामा जेलमा बसिरहेको सबै कैदीहरुलाइ पनि छुताउनु पर्यो,नागरिक त ढुङेलमात्र होइन अरुपनी त हो,

    Comment Author

    Gita Prasad Dulal

    यस्तै काम गर्दै जानुस जनता ले काहा पुरयाउछ्न

    Comment Author

    Yam Khadka

    कारागार नामावली अनुसार जे छ त्यही हुनुपर्छ।

    Comment Author

    योगस घिमिरे

    जेलमा भएका सबैलाई मिनाहा भएको हो कि एकजना मात्रै हो यो पक्षपात र फोर्स सोस पावर ले गरेको जस्तो देखियो

    Comment Author

    Deuraj Rai

    यदि यो ज्यान मारा सामान्ति वालकृष्ण ढुंगेललाई तपाईले छाडिदिनु भयो भने गणतन्त्रको तपाईबाट ठुलो अपमान हुने छ

      Comment Author

      Lal Lal Singh

      Aekdam sahi kura ho

    Comment Author

    Ram Raj Luitel

    Chalan Ho sathi ho

    Comment Author

    Bijay Pradhan

    kripaya aaparadhi lai nachhutaunu hola ,pidit ko aansu lagla hai.:

    Comment Author

    Taiger Singh

    Bichar garau hai kamret

    Comment Author

    Indu Kumar Khadka

    Ke hijo nyay paidaina thiyo ta. Kaha gaye desh ka prabudha barga? Hijo ko itihas lai lanchhana lagauna matra besta?

    Comment Author

    Babu Raja

    नेपाल को कानुन देइब ले जानुन

    Comment Author

    Waiba Suren Dhadinge

    अरु जो सुकै छुटाउन तर ढुंगेल छुटनु भएन।

    Comment Author

    Gairheshiva Prasad

    आफ्नो बुढाकाे दुघटना गराउने लाई खाेजन पहल नगर्ने ले यस्तो मा साइन गर्न के गरो होला र ।

    Comment Author

    Gairheshiva Prasad

    बिश्वश गुमेकाे सरकार

    Comment Author

    Lal Lal Singh

    त्यो कतै हुनसकिदैन येदि तेसो भयो भने नेपाल देशकानुन नाभाको देशको सुचिमा पर्छ

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 25
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संविधान बनाउँदा नेपाली कांग्रेसका नेता गाँजा खाएर बसेका थिए ? (चर्काचर्की भिडियो)
संविधान बनाउँदा नेपाली कांग्रेसका नेता गाँजा खाएर बसेका थिए ? (चर्काचर्की भिडियो)
कांग्रेसका संस्थापक नेता जोशीको अन्त्येष्टि गरियो
कांग्रेसका संस्थापक नेता जोशीको अन्त्येष्टि गरियो
संघीय नेपालको पहिलो संसद वैठक आज, के होला वैठकमा !
संघीय नेपालको पहिलो संसद वैठक आज, के होला वैठकमा !
आजको मौसमः चार प्रदेशका प्रदेशका पहाडी भू-भागमा पानी पर्ने सम्भावना
आजको मौसमः चार प्रदेशका प्रदेशका पहाडी भू-भागमा पानी पर्ने सम्भावना
सत्तारुढ दलको दबाब र प्रभावमा परेर भरतपुरमा पुनः मतदान गर्ने निर्णय  : के पि ओली
सत्तारुढ दलको दबाब र प्रभावमा परेर भरतपुरमा पुनः मतदान गर्ने निर्णय : के पि ओली
सिंचाई मन्त्रालयका सचिव चढेको जिप त्रिशुलीमा खस्यो, तीन जना बेपत्ता
सिंचाई मन्त्रालयका सचिव चढेको जिप त्रिशुलीमा खस्यो, तीन जना बेपत्ता
लालचमा मतको दुरुपयोग नहोस्  यादव
लालचमा मतको दुरुपयोग नहोस् यादव
पोखरीमा डुबेर बालकको मृत्यु
पोखरीमा डुबेर बालकको मृत्यु
उपप्रधानमन्त्री तथा राप्रपाका अध्यक्ष थापाको उम्मेदवारी
उपप्रधानमन्त्री तथा राप्रपाका अध्यक्ष थापाको उम्मेदवारी
नक्कली लाइसेन्स बनाएर ठगी गर्ने पोखराबाट पक्राउ
नक्कली लाइसेन्स बनाएर ठगी गर्ने पोखराबाट पक्राउ

तपाईंले छुटाउनुभयो कि?