यस्ता छन् आजका मन्त्रिपरिषदका निर्णयहरु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र २७, २०७४
|
|
२७ पटक हेरिएको
Shares
यस्ता छन् आजका मन्त्रिपरिषदका निर्णयहरु

सारांश

  • काठमाडौं, २७ चैत ।
  • सरकारले देशभरि विद्यार्थी भर्ना अभियान सशक्त रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ ।
  • मंगलबार बिहान बसेको मन्त्रिपरिषद बैठकले सरकारले ल्याएको ‘एक व्यक्ति, एक भर्ना’ अभियानलाई सघाउन सबैमा आग्रह गर्ने निर्णय गरेको छ।

काठमाडौं, २७ चैत । सरकारले देशभरि विद्यार्थी भर्ना अभियान सशक्त रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ ।

मंगलबार बिहान बसेको मन्त्रिपरिषद बैठकले सरकारले ल्याएको ‘एक व्यक्ति, एक भर्ना’ अभियानलाई सघाउन सबैमा आग्रह गर्ने निर्णय गरेको छ।

शिक्षा लिनबाट वञ्चित दलित, सीमान्तकृत र गरिब परिवारमा विद्यार्थीहरु विद्यालय लैजानका लागि राज्यका सबै तहका व्यक्ति, मन्त्री, जनप्रतिनिधिहरु र नागरिक समाजलाई समेत आह्वान गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाका अनुसार बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव राजीव गौतमलाई कानुन मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको छ ।

गौतमको स्थानमा डिल्लीराज घिमिरेलाई सचिवमा बढुवा गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा गर्ने निर्णय भएको मन्त्री बाँस्कोटाले जानकारी दिए । अब बस्ने मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा नियुक्ति गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समाजवादतर्फ जाँदा सार्वजनिक पद धारण गर्नेहरुले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्छ : पोख्रेल
समाजवादतर्फ जाँदा सार्वजनिक पद धारण गर्नेहरुले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्छ : पोख्रेल
AVG VPN Review – A Comprehensive Review in Product Line
सिण्डिकेट, कार्टेलिङ, कृत्रिम अभाव र कालोबजारीलाई अन्त्य गरिने
सिण्डिकेट, कार्टेलिङ, कृत्रिम अभाव र कालोबजारीलाई अन्त्य गरिने
अस्ट्रेलियन प्रधानमन्त्रीको सल्लाहकार टिममा नेपाली विद्यार्थी
अस्ट्रेलियन प्रधानमन्त्रीको सल्लाहकार टिममा नेपाली विद्यार्थी
समितिका पदाधिकारीको सम्पत्ति छानबिन गरिने, बैंक खाता रोक्का, एउटै गाडी पनि दर्ता गरिने
समितिका पदाधिकारीको सम्पत्ति छानबिन गरिने, बैंक खाता रोक्का, एउटै गाडी पनि दर्ता गरिने
दाङको तलसीपुर नगरपालिकामा वाम गठबन्धन र कांग्रेस कार्यकर्ताबिच झडप १२ जना घाइते !
दाङको तलसीपुर नगरपालिकामा वाम गठबन्धन र कांग्रेस कार्यकर्ताबिच झडप १२ जना घाइते !
न्युजिल्याण्डको बलिङ अगाडि भारतीय ब्याट्सम्यान निरिह, न्युजिल्याण्ड फाइनलमा प्रवेश
न्युजिल्याण्डको बलिङ अगाडि भारतीय ब्याट्सम्यान निरिह, न्युजिल्याण्ड फाइनलमा प्रवेश
सवारी कारबाहीबाट लमजुङमा ५६ लाख बढी  राजश्व संकलन
सवारी कारबाहीबाट लमजुङमा ५६ लाख बढी राजश्व संकलन
पार्टीभित्रको आन्तरिक विवाद तल्लो तहमा पुर्‍याउँदै सहानुभूति बटुल्ने प्रचण्डको रणनीति
पार्टीभित्रको आन्तरिक विवाद तल्लो तहमा पुर्‍याउँदै सहानुभूति बटुल्ने प्रचण्डको रणनीति
प्रधानमन्त्री आराममा, आज १० बजे सचिवालय बैठक बोलाए
प्रधानमन्त्री आराममा, आज १० बजे सचिवालय बैठक बोलाए

तपाईंले छुटाउनुभयो कि?