बालकोटमा एमाले स्थायी कमिटी बैठक जारी
सारांश
- काठमाडौं,पुस १३ ।
- एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा एमाले स्थायी कमिटी बैठक बस्दैछ ।
- दिउँसो १ बजे बस्ने भनिएको बैठक केहीबेर ढिला हुन पुगेको एमालेका एक नेताले जानकारी दिए ।
काठमाडौं,पुस १३ । एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा एमाले स्थायी कमिटी बैठक बस्दैछ । दिउँसो १ बजे बस्ने भनिएको बैठक केहीबेर ढिला हुन पुगेको एमालेका एक नेताले जानकारी दिए ।
जारी बैठकमा प्रदेशसभाका सांसदहरुको नाम टुंगो लगाउने र राजनीतिक गतिरोध कसरी अन्त्य गर्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको बताइएको छ ।
बैठकमा पार्टी एकता, नयाँ सरकार गठन, अध्यादेशका विकल्पलगायत विषयमा छलफल हुनेछ । बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग बुधबार भएको छलफलबारे अध्यक्ष ओलीले ब्रिफिङ गर्नेछन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया