भैंसीलाई सुत्केरी भत्ता, पाडापाडीको जन्म दर्ता र माउको बिमा !
सारांश
- पनौती, १९ कात्तिक।
- काभ्रेको पनौती नगरपालिकाले ‘भैंसीलाई सुत्केरी भत्ता अभियान अगाडि बढाएको छ ।
- पनौती नगरपालिकाको तेस्रो नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुति गरिएको सो अभियान अहिले अगाडि बढाइएको हो ।
पनौती, १९ कात्तिक। काभ्रेको पनौती नगरपालिकाले ‘भैंसीलाई सुत्केरी भत्ता अभियान अगाडि बढाएको छ । पनौती नगरपालिकाको तेस्रो नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुति गरिएको सो अभियान अहिले अगाडि बढाइएको हो । नगर प्रमुख भीम न्यौपानेले ‘भैंसीलाई सुत्केरी भत्ता दिइने कार्यक्रम’ अनुसार अभियान अगाडि बढाइएको बताए ।
प्रमुख न्यौपानेका अनुसार भैंसी सुत्केरी भत्ताका लागि नगरपालिकाले पाडापाडीको जन्म दर्ता र माउको बिमा अनिवार्य छ । यस कार्यका लागि नगरमा कार्यरत प्राविधिकलाई जिम्मेवारी तोकिएको मेयर न्यौपानेले बताए । नगरमै पहिलो पटक पनौती–९, डिकोडाँडास्थित कमलमाई तिमल्सिनाको भर्खरै जन्मिएको पाडीलाई गोठमै पुगेर पशु चिकित्सकले जन्मदर्ता प्रमाणपत्र दिएसँगै यो अभियान शूरु भएको होे ।
मेयर न्यौपानेका अनुसार उनीहरुलाई पाडी हुर्काउने प्रतिबद्धता व्यक्त गरे की छिन् ।नगरपालिकाबाट हाललाई पहिलो बेतमा ब्याएको थोरे भैंसीलाई पाँच हजार र दोस्रो पछि जुनसुकै बेतको भैंसी भए पनि दुई हजार रुपैयाँ सुत्केरी भत्ता दिने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया