निर्वाचनको समाचार संकलन कार्य सहज हुनुपर्ने – महासचिव विष्ट

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर १३, २०७४
|
|
४५ पटक हेरिएको
Shares
निर्वाचनको समाचार संकलन कार्य सहज हुनुपर्ने – महासचिव विष्ट

सारांश

  • पोखरा, १३ मंसिर , नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले निर्वाचनमा मतदानदेखि मतगणनासम्म समाचार संकलनका लागि सहज वातावरण हुनुपर्नेमा जोड दिनुभएको छ ।
  • नेपाल पत्रकार महासंघ कास्कीद्वारा आज यहाँ आयोजित ‘निर्वाचनमा मिडियाको भूमिका’ विषयक अन्तरक्रियामा उहाँले भन्नुभयो – “समाचार संकलन गर्दा निश्पक्ष, स्वतन्त्र र सत्यतथ्यमा आधारित भएर गर्नुपर्छ ।
  • ” महासचिव विष्टले न्यूनतम पारिश्रमिक लगायतका समस्याको समाधानका लागि वर्तमान कार्य समिति क्रियाशील बन्ने विश्वास व्यक्त गर्दै महासंघमा सदस्यता शुद्धीकरणको आवश्यकता रहेको बताउनुभयो ।

पोखरा, १३ मंसिर , नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले निर्वाचनमा मतदानदेखि मतगणनासम्म समाचार संकलनका लागि सहज वातावरण हुनुपर्नेमा जोड दिनुभएको छ ।

नेपाल पत्रकार महासंघ कास्कीद्वारा आज यहाँ आयोजित ‘निर्वाचनमा मिडियाको भूमिका’ विषयक अन्तरक्रियामा उहाँले भन्नुभयो – “समाचार संकलन गर्दा निश्पक्ष, स्वतन्त्र र सत्यतथ्यमा आधारित भएर गर्नुपर्छ ।”

महासचिव विष्टले न्यूनतम पारिश्रमिक लगायतका समस्याको समाधानका लागि वर्तमान कार्य समिति क्रियाशील बन्ने विश्वास व्यक्त गर्दै महासंघमा सदस्यता शुद्धीकरणको आवश्यकता रहेको बताउनुभयो ।

महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले महासंघको सदस्यता परिचयपत्रलाई व्यवस्थित गर्दै वर्षेनी प्रदान गर्ने वातावरण तयार गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

महासंघका पूर्वकेन्द्रीय उपाध्यक्ष गंगाधर पराजुलीले पत्रकारिता क्षेत्रमा पेशागत मूल्यमान्यता कायम हुनुपर्नेमा जोड दिनुभयो ।

महासंघका जिल्ला अध्यक्ष दीपेन्द्र श्रेष्ठले सदस्यता परिचयपत्र वितरण लगायतका कुरालाई सम्बन्धित शाखामार्फत गर्ने व्यवस्था गरिएमा सहज बन्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष पुण्य पौडेल, सुरेन्द्र थापा मगर, कमल पौडेल ‘अथक’ लगायतले आ–आफ्ना धारणा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सँधै जस्तै रोयल्टी पाउनेमा गायिका अञ्जु पन्त र गायक प्रमोद खरेल अग्रस्थानमा
सँधै जस्तै रोयल्टी पाउनेमा गायिका अञ्जु पन्त र गायक प्रमोद खरेल अग्रस्थानमा
गभर्नर निलम्वनविरुद्धको रिट बिहिवार पनि हेर्दा हेर्दैमा
गभर्नर निलम्वनविरुद्धको रिट बिहिवार पनि हेर्दा हेर्दैमा
नबनियुक्त मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीद्वारा आज पदबहाली
नबनियुक्त मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीद्वारा आज पदबहाली
न्यायाधीश राईको इजलासमा लामिछानेको इन्कारी बयान
न्यायाधीश राईको इजलासमा लामिछानेको इन्कारी बयान
यौनकर्मी खोज्दै गेष्ट हाउसमा छापा मार्दै प्रहरी
यौनकर्मी खोज्दै गेष्ट हाउसमा छापा मार्दै प्रहरी
यी हुन् १४ चर्चित बलिउड कलाकारका बाल्यावस्थाका तस्विर- सलमान देखि आलिया सम्म
यी हुन् १४ चर्चित बलिउड कलाकारका बाल्यावस्थाका तस्विर- सलमान देखि आलिया सम्म
शहीद गोविन्द गौतमका परिवारलाई एमालेले ५ लाख दिने
शहीद गोविन्द गौतमका परिवारलाई एमालेले ५ लाख दिने
चिलीको डढेलोमा परी तेईस जनाको मृत्यु
चिलीको डढेलोमा परी तेईस जनाको मृत्यु
भाटभटेनिमा यी समान बिक्री नगर्न सरकारकाे निर्देशन
भाटभटेनिमा यी समान बिक्री नगर्न सरकारकाे निर्देशन
राजनीतिक स्थायित्व र विकासका लागि निर्वाचन महत्वपूर्ण — अध्यक्ष दाहाल
राजनीतिक स्थायित्व र विकासका लागि निर्वाचन महत्वपूर्ण — अध्यक्ष दाहाल