बीपी स्मृति दिवसमा देउवाले भने ‘बीपीले कम्यूनिस्टहरुलाई पहिल्यै चिन्नु भएको रहेछ’
सारांश
- काठमाडौं, ६ साउन ।
- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बीपी कोइरालाले ‘कम्यूनिसटहरुसँग मिल्नु हुँदैन’ भनेको कुरा अहिले बुझेको बताएका छन् ।
- बीपी स्मृति दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘बीपीले कम्यूनिस्टहरुलाई पहिल्यै चिन्नु भएको रहेछ ।
काठमाडौं, ६ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बीपी कोइरालाले ‘कम्यूनिसटहरुसँग मिल्नु हुँदैन’ भनेको कुरा अहिले बुझेको बताएका छन् । बीपी स्मृति दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘बीपीले कम्यूनिस्टहरुलाई पहिल्यै चिन्नु भएको रहेछ । तर, हामीले अहिले मात्रै चिन्यौं । उनीहरु जनताका लागि हुँदै होइनन् ।’
देउवालले काठमाडौंको विभिन्न क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएकोप्रति लक्षित गर्दै कम्यूनिस्ट सरकारले जनताको अधिकारलाई कुण्ठित गर्ने काम गरेको बताएका छन् । ‘एकलौटी निर्णय गरेर जनताको शान्तिपूर्ण बिरोध गर्ने अधिकारलाई रोक्न सरकारले निषेधित क्षेत्र घोषणा गरेको छ’, देउवाले भने, ‘यो अप्रजातान्त्रिक हो । उनीहरु जनताको लागि होइनन् भन्ने यसबाट पुष्टि हुन्छ ।’
‘उनीहरुले एकदलीय तानाशाही, सर्वसत्तावादी शासन स्थापना गर्न खोजका छन्,’ सभापति देउवाले अघि भने, ‘उनीहरुले बोल्न दिँदैनन् । लेख्न दिँदैनन् । त्यसैले उनीहरु जनताका लागि होइनन् ।’
डा गोविन्द केसीको अनसनको प्रसंग उठाउँदै उनले केसीको माग जायज भएको बताए । ‘उनको मागमा हाम्रो समर्थन छ, उनले भने, ‘उहाँलाई बचाउन हामी एकजुट हुनुपर्छ ।’
Mukhya Gurung
Congress le ramro ra immaadharita purbak zanatako kaam gareko vaye communist le sarka ma auni apasar nei pauni thieyana.
Ram Prsad Bashyal
तैले पनि चिन्छ्स अब,बुजिस !!!
Poon Kamal
tw ni chor hos sere chup lagera bas marne bela ma aba aaune yuwa haru lai xodde
Kamalraj Dhital
एस्ता लठेप्राले के गर्लान र होला देशको प्रगती कठै! कैयो पटक पिएम भाको रे?