बालविवाह रोक्दै किशोरी समूह

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर २४, २०७६
|
|
३६ पटक हेरिएको
Shares
बालविवाह रोक्दै किशोरी समूह

सारांश

  • गोडैता नगरपालिका वडा १० स्थित सिसौटिया झगरु टोलमा हुन लागेको विवाह रोकिएको छ ।
  • टोलका तेजनारायण महतोले आफ्नी १७ वर्षीया छोरीलाई विवाह गर्न लागेको सूचना प्रहरीमा पुगेपछि विवाह रोकिएको हो ।
  • प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले बालविवाह हुन लागेको सूचनाका आधारमा विवाह रोकिएको जानकारी दिनुभयो ।

गोडैता नगरपालिका वडा १० स्थित सिसौटिया झगरु टोलमा हुन लागेको विवाह रोकिएको छ । टोलका तेजनारायण महतोले आफ्नी १७ वर्षीया छोरीलाई विवाह गर्न लागेको सूचना प्रहरीमा पुगेपछि विवाह रोकिएको हो । प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले बालविवाह हुन लागेको सूचनाका आधारमा विवाह रोकिएको जानकारी दिनुभयो ।

राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र र सेभ द चिल्ड्रेनको सहयोगमा यहाँ सञ्चालित किशोरी तथा किशोर समूह कार्यक्रमको पहलमा बालविवाह रोक्ने काम हुँदैआएको छ । नगरपालिका भित्र २४ किशोरी, १२ किशोर र १२ वटा अभिभावक समूह गठन भई बालविवाह, लैङ्गिकहिंसा, बालश्रम रोकथामका लगायतका क्षेत्रमा क्रियाशील रहेका छन् । विगत दुई वर्षमा नगरपालिकाभित्र २१५ बालविवाह रोकिएको मनोविमर्शकर्ता एवं महिला अधिकारकर्मी बनिता कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?