हात्तीबाट धान र तरकारी क्षति

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २२, २०७६
|
|
१५ पटक हेरिएको
Shares
हात्तीबाट धान र तरकारी क्षति

सारांश

  • धान भित्र्याउने बेलामा सप्तरीको विभिन्न गाउँमा हात्तीले धान खान थालेपछि गाउँले हैरान भएका छन् ।
  • कोशी टप्पु वन्यजन्तु आरक्षबाट हात्तीको समूहले गएराति सप्तरीको शम्भुनाथ नगरपालिका–८ बैरयाहीस्थित सकुर मियाँको घरको झ्याल भत्काई सात मन धान खाएको मियाँले बताउनुभयो ।
  • धान खान आउने हात्तीले कुल्चिएर लगाएको बालीसमेत नोक्सान गर्ने गरेको स्थानीयवासीले बताएका छन् ।

धान भित्र्याउने बेलामा सप्तरीको विभिन्न गाउँमा हात्तीले धान खान थालेपछि गाउँले हैरान भएका छन् । कोशी टप्पु वन्यजन्तु आरक्षबाट हात्तीको समूहले गएराति सप्तरीको शम्भुनाथ नगरपालिका–८ बैरयाहीस्थित सकुर मियाँको घरको झ्याल भत्काई सात मन धान खाएको मियाँले बताउनुभयो ।

धान खान आउने हात्तीले कुल्चिएर लगाएको बालीसमेत नोक्सान गर्ने गरेको स्थानीयवासीले बताएका छन् । हात्तीको समूहले कुल्चिएर अगमलाल चौधरीको दुई कठ्ठा खेतमा लगाएको आलु र इनुस मियाँले दुई कठ्ठा खेतमा लगाएको कोबी नोक्सान गरी दिएको स्थानीय सरस्वती चौधरीले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?