कोरोना भाइरसका कारण यस वर्षको होली खेल्न नपाइने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन २२, २०७६
|
|
२२ पटक हेरिएको
Shares
कोरोना भाइरसका कारण यस वर्षको होली खेल्न नपाइने

सारांश

  • जिल्ला प्रशासन कार्यालय काठमाडौंले होली नखेल्न सर्वसाधारणलाई आग्रह गरेको हो ।
  • विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट नेपाल उच्च जोखिममा रहेको भनि विश्व स्वास्थ्य संगठनबाट समेत प्रतिक्रिया आएको भन्दै प्रशासनले होली नखेल्न तथा भिडभाडमा नजान, भेला, सभा, सम्मेलन नगर्न आग्रह गरेको हो ।
  • प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा बुधबार बसेको जिल्ला सुरक्षा समिति बैठकले कोरोना भाइरस रोकथाम र जोखिमबाट बच्न विभिन्न उपाय अपनाउने तथा सम्बन्धित निकायहरुले आवस्यक जिम्मेबारी निर्वाह गर्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले होली नखेल्न सर्वसाधारणलाई आग्रह गरेको हो । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट नेपाल उच्च जोखिममा रहेको भनि विश्व स्वास्थ्य संगठनबाट समेत प्रतिक्रिया आएको भन्दै प्रशासनले होली नखेल्न तथा भिडभाडमा नजान, भेला, सभा, सम्मेलन नगर्न आग्रह गरेको हो ।

प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा बुधबार बसेको जिल्ला सुरक्षा समिति बैठकले कोरोना भाइरस रोकथाम र जोखिमबाट बच्न विभिन्न उपाय अपनाउने तथा सम्बन्धित निकायहरुले आवस्यक जिम्मेबारी निर्वाह गर्ने निर्णय गरेको हो ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवन आचार्यले काठमाडौं जिल्लामा अर्को निर्णय नभएसम्म विभिन्न प्रकारका उत्सव, मेला, होलीलगायतका पर्वमा भेला नहुन, त्यस्ता सम्मेलन तथा कार्यक्रममा सहभागी नहुन सबैलाई अनुरोध गर्ने निर्णय भएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?