भेटघाटमा दिन काट्छन् फुर्सदिला प्रदेश प्रमुखहरु

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख १५, २०७५
|
|
३१ पटक हेरिएको
Shares
भेटघाटमा दिन काट्छन् फुर्सदिला प्रदेश प्रमुखहरु

सारांश

  • सातै प्रदेशका प्रमुखलाई आजकाल खासै चटारो छैन ।
  • भूमिका नै कम भएपछि चटारो होस् नै कसरी ?
  • खासमा उनीहरू फुर्सदमै छन् ।

सातै प्रदेशका प्रमुखलाई आजकाल खासै चटारो छैन । भूमिका नै कम भएपछि चटारो होस् नै कसरी ? खासमा उनीहरू फुर्सदमै छन् । कार्यालयमा न मारामार काम छ, न त भेटघाट नै बाक्लो चल्छ । त्यसैले, हिजो हरपल सक्रिय रहेका उनीहरूलाई आजको निस्क्रिय दैनिकी पट्यारिलो लाग्दै छ ।

प्रदेश प्रमुखको कार्यालयमा कति हुन्छन् जनशक्ति ?

प्रदेश प्रमुखको कार्यालयमा सामान्यतः सचिवदेखि कार्यालय सहयोगीसम्म गरी १८ जनासम्म कर्मचारीको दरबन्दी हुन्छ । निजामती सेवाका सहसचिव कार्यालय सचिव रहन्छन् । २ उपसचिव, ७ शाखा अधिकृत र २ नायब सुब्बाको दरबन्दी हुन्छ । खरिदारलगायत अन्य पदमा पनि दरबन्दी हुन्छ । प्रमुखले निजी सचिवालयतर्फ भने १२ जनासम्म नियुक्त गर्न पाउँछन् ।

निवासमै कार्यालय कम्पाउन्डभित्रै दिन बित्छ

गोविन्दबहादुर तुम्बाहाङले जीवनको लामो समय प्राध्यापनमै बिताए । दैनिक सयौँ विद्यार्थी र सहकर्मीसँगको घुलमिलमा उनलाई दिन बितेको पत्तै हुँदैनथ्यो ।

तर, अहिले उनको दैनिकी चक, डस्टर र मार्कर खेलाउँदाको भन्दा ठीक उल्टो छ । घरभित्रै १६ घन्टा बिताउनु १६ दिन बिताएजस्तो लागिरहेछ ।

बिहान ५ बजे उठिसक्ने तुम्बाहाङलाई निवास छाडेर कार्यालय दगुर्नु पर्दैन । उनको घरमै छ कार्यालय छ । उठेर आधा घन्टाजति कम्पाउन्डमै ओहोरदोहोर गरेपछि एक झमट नुहाउँछन् ।

‘बिहानको खाजा लिएपछि पत्रपत्रिकामा भुल्दाभुल्दै १० बजिसकेको हुन्छ । अनि, कार्यालयको कामतिर लाग्छु,’ प्रमुख तुम्बाहाङले नयाँ पत्रिकासँग भने, ‘सम्बन्धित कसैलाई केही काम पर्‍यो भने निवासमै पत्र लिएर आउँछन् ।’

उनको दैनिकीमा भेटघाटको तालिका खासै हुँदैन । त्यसैले दिनभर फुर्सदिला हुन्छन् ।

यो समय पुस्तक पढेर दिन छोट्याउँछन् । ‘दिउँसो कार्यक्रम हुँदैन, कहिलेकाहीँ हुने हो, त्यसैले दिउँसो व्यस्त हुन्नँ,’ तुम्बाहाङले सुनाए ।

समाचारमा अपडेट हुनु, उनको खास तालिकामा पर्छ । कुनै दिन बिहान पत्रिका आएन भने बेलुकीपख टेलिभिजन समाचारबाट अपडेट हुन्छन् । बेलुकाको खाना ७ बजेतिर खाने उनी ९ बजेसम्म सुतिसक्छन् । यो बीचमा टेलिभिजनमै भुल्छन् ।

भेटघाट गर्‍यो दिन कटायो

पूर्वप्रशासक रत्नेश्वरलाल कायस्थ योजनाविद् पनि हुन् । संघीय समाजवादी फोरमको राजनीतिमा सक्रिय थिए । हिजोको दौडधुपपूर्ण जीवन आज फेरिएको छ । प्रदेश प्रमुख नियुक्त भएपछि जनकपुरमा दिन काट्न सजिलो लागेको छैन उनलाई ।

कार्यालयमा खासै काम हुँदैन, कोही भेट्न आइदिए गफिने हो । कसैले बोलाइदिए कार्यक्रममा पुग्ने हो, तर यस्तो मौका मुस्किलले जुर्छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

(https://cashcofinancial.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?