यी हुन सित्तैमा पाइने औषधि- नारामा सीमित

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन १०, २०७४
|
|
२१ पटक हेरिएको
Shares
यी हुन सित्तैमा पाइने औषधि- नारामा सीमित

सारांश

  • काठमाडौं, १० फागुन – खोटाङ , पिलो उपचारका क्रममा दुखाइ कम गर्न प्रयोग गरिने लिगोसाइन इन्जेक्सन सरकारले जिल्ला अस्पतालबाट उपलब्ध गराउने निःशुल्क औषधिको सूचीमा राखेको छ ।
  • यस्तै सप्रोफ्लोक्जासिन, क्लोराम्फेनिकल, फ्लुकनाजोललगायतका औषधि पनि निःशुल्क उपलब्ध हुने औषधिको सूचीमा छन् तर सरकारले यी कुनै पनि औषधि जिल्ला स्वास्थ्य कार्यालय खोटाङमा पठाएको छैन ।
  • जिल्ला अस्पतालमा ७० किसिमका औषधि निःशुल्क पठाउनुपर्ने सरकारले यो आर्थिक वर्षमा ३२ किसिमका औषधिमात्र पठाएको छ ।

काठमाडौं, १० फागुन – खोटाङ , पिलो उपचारका क्रममा दुखाइ कम गर्न प्रयोग गरिने लिगोसाइन इन्जेक्सन सरकारले जिल्ला अस्पतालबाट उपलब्ध गराउने निःशुल्क औषधिको सूचीमा राखेको छ । यस्तै सप्रोफ्लोक्जासिन, क्लोराम्फेनिकल, फ्लुकनाजोललगायतका औषधि पनि निःशुल्क उपलब्ध हुने औषधिको सूचीमा छन् तर सरकारले यी कुनै पनि औषधि जिल्ला स्वास्थ्य कार्यालय खोटाङमा पठाएको छैन । जिल्ला अस्पतालमा ७० किसिमका औषधि निःशुल्क पठाउनुपर्ने सरकारले यो आर्थिक वर्षमा ३२ किसिमका औषधिमात्र पठाएको छ । बाँकी ३८ किसिमका औषधि नआएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। आजको नागरिक दैनिकमा दमन राईले खबर लेखेका छन् ।

२०७१ भदौ १३ गतेदेखि हरेक जिल्ला अस्पतालबाट ७० किसिमका औषधि निःशुल्क वितरण व्यवस्था मिलाउने घोषणा गरेको सरकारले हालसम्म तोकिएका सबै औषधि पठाउनै सकेको छैन । घोषणाअनुसार पर्याप्त औषधि नपठाउँदा सरकारको ‘निःशुल्क औषधि’ लोकप्रिय नारामा मात्रै सीमित भएको सर्वसाधारणको गुनासो छ । निःशुल्क भनिएका सबै औषधि केन्द्रबाट नआएको र जति आएका छन् त्यसैका भरमा सेवा प्रवाह भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. रामबहादुर केसीले बताए।

जिल्ला अस्पतालका अनुसार निःशुल्क औषधि उपलब्ध गराउने घोषणा गरिएयता सरकार आफैंले तोकेअनुसारका औषधि कहिल्यै पर्याप्त मात्रामा पठाउन सकेको छैन । यस आर्थिक वर्ष सिप्रोफ्लोजासिन, डोक्सिसिलिन, लिगोसिन, एस्प्रिन, फेनिरामाइन, सेटिरिजाइन, क्लोराम्फेनिकोल, फ्लुकनाजोल, एसिक्लोभिर ट्याबलेट, हाइड्रोक्लोरोथाइलिन ट्याबलेट, केलामाइन लोकेसन, डाइजिन ट्याबलेट, एट्रोपाइन, कोभिल आयल, मेटोक्लोरपोपामाइड, प्रोमथाजिन, बेन्जिक एसिड, फ्रसमाइड, डेक्जामेथाजन, एमिनोफिलाइन, प्रेडिनिसोलाइन, प्रालिडोक्जोमी सोडियम, एमिट्रिप्टिलाइन, एड्रेनालाइन, डाइगोजिनलगायतका औषधि पठाइएको छैन । यस्तै क्लोट्रिमेजोल, डाइजिपाम, जेन्टिएन भाइयोलेट, एसेटाजोलामाइड, लिभोथ्रोक्जिन, इनालाप्रिल, एटोरभास्टेसन, फ्लुओक्जेटिन, भलपरिक एसिड, ट्रिहेक्जिफेनिडिल, थाइमिन, एमिट्रिप्टिलिन ट्याबलेट पनि नआएको स्वास्थ्य कार्यालय स्टोर शाखाका नायबसुब्बा अनिल आचार्यले बताए । यी सबै औषधि सरकारले निःशुल्क उपलब्ध गराउने सूचीमा पर्छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?