तपाईलाई अर्थमन्त्रीले बजेट पेश गर्न लाग्दा ब्रिफकेस खोसेर तोड्ने प्रतिपक्ष चाहिएको हो ?: विश्वप्रकाश शर्मा
सारांश
- काठमाडाै, १४ जेठ ।
- सरकारको नीति तथा कार्यक्रम कांग्रेसलाई मन परेको हो ?
- नेपाली कांग्रेसले नीति तथा कार्यक्रममा भएका कमी कमजोरी स्पष्टसँग औँल्याएको छ ।
काठमाडाै, १४ जेठ ।
सरकारको नीति तथा कार्यक्रम कांग्रेसलाई मन परेको हो ?
नेपाली कांग्रेसले नीति तथा कार्यक्रममा भएका कमी कमजोरी स्पष्टसँग औँल्याएको छ । आउँदै गरेको बजेट हेर्छौँ । आगामी दिनको सम्भावना पनि हेर्नुपर्छ । विरोध नै गर्नुपर्छ भन्ने छैन ।
सरकारसँग मिलेर जानुपर्छ भन्ने कांग्रेसको नीति हो ?
यो त प्रश्न भएन नि । कांग्रेस विपक्षीमा छ त्यसको अर्थ विकास र समृद्धि चाहँदैन भन्ने होइन । कांग्रेसले पनि सरकारमा रहँदा विकासको नेतृत्ग गरेको थियो । कम्युनिष्ट पार्टीहरुको अवरोधलाई झेलेर पनि कांग्रेसले काम गरेको थियो । संसद घेराउ, सडक बन्द, सरकार गिराउन जस्ता काम गर्दा पनि कांग्रेसले विकासका काम अगाडि बढायो ।
सरकारको सय दिनलाई कसरी लिनुभएको छ ?
सय दिनमा सरकारले गरेका राम्रा कामलाई सहयोग गर्नु स्वभाविक हो । तर सरकारको सय दिन सामान्य गति र दर्जन विसंगति छ । यो कुरा मैले राखिसकेँ । नीति र कार्यक्रम लागु गर्न ईच्छाशक्ति मिलोस भन्ने हाम्रो चाहना हो । कम्युनिष्ट पार्टी जस्तो विरोध मात्रै गर्ने विपक्षी कांग्रेस होइन । सरकारको नीति तथा कार्यक्रम पारित गर्न कांग्रेसले जे भूमिका खेल्यो, यही भूमिका विगतमा कम्युनिष्टहरुले गरेको भए देश कहाँ पुगिसक्थ्यो होला ?
कम्युनिष्ट सरकारले राम्रो काम गर्छ भन्ने सन्देश प्रवाह भएको हो ?
तपाईसँग भेट हुँदा मैले राम्रो कुरा गरेँ, सञ्चो विसञ्चो सोधेँ भने अब सधैँभरी राम्रो सम्बन्ध हुन्छ भन्ने हुँदैन । विगतमा कांग्रेस सरकारमा हुँदा सबैको सहयोग चाहिन्छ भन्ने पार्टी हो । कांग्रेस सरकारमा हुँदा तीन महिनामा सरकार ढाल्छु भन्ने प्रतिपक्ष थियो । आज कांग्रेसले सरकारलाई सहयोग गरिरहेका छ । तर सरकारका कमजोरी र विकृति पनि छन् नि ।
तर कांग्रेस नेता डा. शेखर कोइरालाले सरकार अधिनायकवादतर्फ गयो भने फु गरेर सरकार ढाल्छौँ भन्नुभयो नि ।
हैन तपाईलाई के लाग्छ ? अधिनायकवादतिर सरकार गयो भने छोड्ने हो भनेर भन्नुपर्ने ? कोइरालाले सरकार अधिनायकवादतर्फ गयो भने छोड्दैनौँ भन्नु त सही हो । हामी प्रतिपक्षीको कर्तव्य त गलत काम औँल्याउने र राम्रो कामको समर्थन गर्ने हो । तपाईलाई अर्थमन्त्रीले बजेट पेश गर्न लाग्दा ब्रिफेस खोसेर तोड्ने प्रतिपक्ष चाहिएको हो ? संसदमा रोष्ट घेर्ने र रत्नपार्कमा गएर टायर बाल्ने प्रतिपक्ष चाहिएको हो ? हामीजस्तो सक्षम र सही प्रतिपक्ष त देख्ने नहुने हो ?
कमजोर प्रतिपक्ष भएका कारण सरकारलाई समर्थन गरेको भन्ने टिप्पणी गरिएको छ । के भन्नुहुन्छ ?
कांग्रेस कमजोर भयो त्यसैले सरकारलाई समर्थन गर्यो भन्छन् भने त्यही सही । तर कांग्रेस पार्टी कम्युनिष्टभन्दा फरक हो । कांग्रेसले गलत गरे सही देख्नु, सही गर्दा गलत देख्नु राम्रो होइन । कांग्रेसले लफडा गर्नुपर्छ भन्ने अपेक्षा नगर्नुस् न । तपाईले राम्रो कार्यक्रम चलाउनुहुन्छ । तर हरेक कुरामा नकरात्मक कुरा खोज्नु हुँदैन । संसदमा तोड्फोड गर्न त दुई जना सासंद भए पनि पुग्छ । नेपाल बन्द गर्नका लागि सय वटा पम्प्लेट र सय जना मान्छे भए पनि पुग्छ नि । तर कांगेसका लागि यस्ता काम सुहाउँदैन । कांग्रेसले जिम्मेवार कदम चाल्छ ।
कांग्रेसभित्र विवादै विवाद छ । यो समाधान गर्न सक्नुहुन्छ ?
गणितको परीक्षा दिइरहेका बेला इतिहासको प्रश्न सोधे जस्तो भयो । हामी नीति र कार्यक्रमको समिक्षा गरिरहेका छौँ ।
तपाईले नीति र कार्यक्रमको समिक्षा त गरिसक्नुभयो नि ? अब कांग्रेस कसरी अगाडि बढ्छ भन्नुस् न ।
कांग्रेसले संसदमा रचनात्मक भूमिका खेल्छ । नेपालको समृद्धि र विकासका लागि हाम्रो साथ रहन्छ।
कांग्रेसभित्रको द्धन्द्ध कहिले समाधान हुन्छ त ?
पार्टीभित्र कहिले द्धन्द्ध हुन्छ कहिले एकता हुन्छ । हामी एकतावद्ध भएर कांग्रेसलाई अगाडि लैजान्छौँ ।
सभापति शेरबहादुर देउवाको कार्यशैलीलाई लिएर आलोचना गर्नेहरु पनि छन् नि ?
यो कांग्रेसको आन्तरिक जीवनको प्रश्न भयो । यसबारेमा केन्द्रिय समिति बैठकमा छलफल भइसक्यो । आजको मितिमा कांग्रेसको आन्तकरिक विषयमा छलफल गर्नु जरुरी छैन ।
(ऋषि धमलाले कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मासँग नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानी रिपाेर्टर्स नेपाल बाट )
Tanka Giri
त्यो गर्न पनि पछि नपर्ने राजनीतिदल नेपालमै छन धन्न चुनाबको नतिजाले खुम्च्याएर अलि निर्बल मात्र बनाएको छ
Narbahadur Gharti
सही प्रश्न यी गुरीलाहरुलाई धन्यबाद बिश्वजीलाई
Thakur Dharel
Haina Ramsaran jasto jasta pata becher khane chaiyako ho
Durga Kunwar
Dum pani t hunu paryo ni, x ?
Sagar Nirdosi
अर्थ मन्त्री को हातबाट बृफकेश खोस्ने हैसियत काङ्ग्रेस सग छैन नेपाली जनताले तिमरुलाई प्रतिपक्क्ष को सिटमा बस्ने र देश बिकास कसरी गर्नु पर्छ सिक्ने हैसियत मात्र देकाछन जनताले बढी चुरिफुरी गरे अर्को चुनाबमा शून्य हैसियत हुनेछ बिचार गरेर बोल विश्वप्रकास
Shesh Mani Sharma
अहिलेको प्रतिपछ्य ले त्यसो गर्न पाइदैन रे ।