पाँचथर हत्याकाण्ड : मृतक परिवारलाई केहीदिन अघि मात्र नुनमा शिशा हालेर खुवाईएको तथ्य बाहिरियो
सारांश
- पाँचथर, ७ जेठ – पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नम्बर ३ आरुबोटेमा ९ जनाको हत्या हुनेगरी भएको विभत्स हत्यासँग सम्बन्धित हुनसक्ने एउटा अर्को रहस्य बाहिरिएको छ ।
- स्थानियहरुका अनुशार हत्या भएका धनराज शेर्माको घरमा केही दिन अघि नूनमा शिशाको धुलो मिसाइएको पाइएको थियो ।
- नूनमा मिसाइएको शिशाको धूलो खाजामा शेर्मा परिवारका सदस्यसहित ८ जनाले खाएका थिए ।
पाँचथर, ७ जेठ – पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नम्बर ३ आरुबोटेमा ९ जनाको हत्या हुनेगरी भएको विभत्स हत्यासँग सम्बन्धित हुनसक्ने एउटा अर्को रहस्य बाहिरिएको छ ।स्थानियहरुका अनुशार हत्या भएका धनराज शेर्माको घरमा केही दिन अघि नूनमा शिशाको धुलो मिसाइएको पाइएको थियो । नूनमा मिसाइएको शिशाको धूलो खाजामा शेर्मा परिवारका सदस्यसहित ८ जनाले खाएका थिए । त्यसपछि उपचारका लागि अस्पताल पुगेका ६ जना फर्किसकेका थिए । २ जना अझै उपचारबाट फर्किन बाँकी नै छ ।
शेर्माकी श्रीमतीले घरमा ढाकाको कपडा बुन्ने तालिम दिन्थिन् । नूनमा कसले शिशाको टुक्रा मिसायो भन्ने तथ्य अझै खुल्न सकेको छैन ।
घटना घटेको दुईबटा घर पनि एकै साथै नरहेको बताइन्छ । ससुरा बमबहादुर फियाक र ज्वाइँ धनराज शेर्माको घर करीब १ किलो मिटरको दूरीमा रहेको बताईन्छ ।
शंका गरिएका ज्वाईपनि मृत भटिए
पाँचथरको दक्षिण पश्चिमी गाउँ मिक्लाजुङ गाउँपालिकामा ९ जनाको हत्या भएको घटनामा संलग्न रहेको आशंका गरिएका व्यक्ति नै मृत भेटिएका छन् ।
स्थानीय बासिन्दासँगको कुराकानी र घटनास्थल अवलोकनपछि प्रहरीले हत्यामा संलग्न रहेको शङ्का गरेका व्यक्ति मानबहादुर माखिम झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
घटनास्थलभन्दा करिब डेढ घण्टा पैदल दुरीको लिम्बा गाउँमा उनी झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ । घटनास्थल मिक्लाजुङ ३ आरुबोटेभन्दा केही टाढा रहेको वडा ७ लिम्बा भन्ने स्थानको एक रुखमा मानबहादुर झुन्डिएको अवस्थामा फेला परेको छन् ।मानबहादुर हत्या गरिएको परिवारका कान्छा ज्वाइँ हुन् । स्थानियहरुका अनुशार उनको श्रीमतीसँग सम्बन्ध राम्रो नभएको र झगडा भइरहने गरेकाले सम्बन्ध विच्छेदको प्रक्रिया चलिरहेको थियो । मानबहादुरसँग बेमेल भएपछि उनकी श्रीमती माइत बस्दै आएकी थिइन् ।
बाँच्न सफल १२ वर्षीया सीता खजुमले घटनाका बेला एक जना मात्र व्यक्ति देखेको प्रहरीलाई बताएकी छन् । प्रहरीले यत्तिखेर घटना भएका दुवै घर सिल गरी प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । यद्यपी अहिलेसम्म घटनामा मानबहादुरको संलग्नता थियो थिएन खुलिसकेको छैन । प्रहरीले दुबै घटनालाईं जोडेर अनुसन्धान सुरु गरिएको बताएको छ । घटनास्थल पाँचथर सदरमुकाम फिदिमभन्दा करिब ६० किलोमिटर टाढा पर्छ।
पटक पटक झगडा
स्थानीय बासिन्दाका अनुसार आत्महत्या गरेका मानबहादुर माखिम र हत्या भएको परिवारका बिच विगतमा पनि झगडा हुँदै आएको थियो । एक वर्षअघि पारिवारिक झगडा प्रहरीसम्म पुगेको थियो र प्रहरीको रोहबरमा मिलापत्र भएको थियो ।
प्रतिक्रिया