बैंक तथा वित्तीय संस्थामा ८ खर्बको अधिक तरलता

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण २४, २०८१
|
|
२३ पटक हेरिएको
Shares
बैंक तथा वित्तीय संस्थामा ८ खर्बको अधिक तरलता

सारांश

  • काठमाडौं ।
  • बैंक तथा वित्तीय संस्थाहरूमा कर्जाको माग नहुँदा ८ खर्बको अधिक तरलता (लगानी योग्य पुँजी) थुप्रिएको छ ।
  • नेपाल राष्ट्र बैंकको तथ्यांकनुसार सोमबार २१ साउनसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले कुल ६४ खर्ब ३९ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ ।

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूमा कर्जाको माग नहुँदा ८ खर्बको अधिक तरलता (लगानी योग्य पुँजी) थुप्रिएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकनुसार सोमबार २१ साउनसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले कुल ६४ खर्ब ३९ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ । यसमध्ये बैंक तथा वित्तीय संस्थाहरूले ५१ खर्ब ५१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । अहिले बैंक तथा वित्तीय संस्थाहरूको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७८ दशमलव ५८ प्रतिशतमा झरेको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशिकाअनुसार निक्षेपको ९० प्रतिशतसम्म कर्जा लगानी गर्न पाइन्छ । अर्थात्, कर्जा निक्षेप अनुपात (सीडी रेसियो) अधिकतम् ९० प्रतिशत कायम गर्न पाइने व्यवस्था छ । यस्तै, बैंकहरूले न्यूनतम २० प्रतिशत खुद तरल सम्पत्ति कायम गर्नुपर्ने हुन्छ । हाल बैंक तथा वित्तीय संस्थामा ३० प्रतिशतभन्दा बढी खुद तरल सम्पत्ति पुगेको छ ।

केन्द्रीय बैंकले ९० प्रतिशतसम्म सीडी रेसियो कायम गरी कर्जा दिन पाउने प्रावधान बनाएको हुँदा अहिले बैंकहरूसँग थप ८ खर्ब २८ अर्ब रुपैयाँ कर्जा विस्तारको क्षमता देखिएको छ ।

एक महिनाअघि पनि बैंक तथा वित्तीय संस्थाको कर्जा ५१ खर्ब ५२ अर्ब मात्र थियो । यो अहिले सोही हाराहारीमा छ । तर, निक्षेप भने १ खर्ब बढी संकलन भएको छ । राष्ट्र बैंकको तथ्यांकनुसार बिहीबार २० असारसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले कुल ६३ खर्ब ८७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ५१ खर्ब ५२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

मुलुकको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी राष्ट्र बैंकको प्रतिवेदनअनुसार गत वैशाखसम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप ४ खर्ब ४३ अर्ब ८ करोड रुपैयाँले वृद्धि भएको थियो । तर, यस अवधिमा उनीहरूको कर्जा प्रवाह भने निक्षेपको तुलनामा आधा अर्थात् २ खर्ब २५ अर्ब २४ करोड रुपैयाँ मात्रै भएको छ । रेमिट्यान्समा देखिएको सुधार, घट्दो आयात र बढ्दो शोधनान्तर स्थितिसँगै चालू खाता पनि लगातार बचतमा हुँदा बैंकमा निक्षेप लगातार बढेको छ ।

कर्जा प्रवाह हुन नसकी तरलता बढ्दै गएपछि बैंकहरूले ब्याजदर घटाउँदै आएका छन् । अहिले अन्तरबैंक ब्याजदर ३ प्रतिशत रहेको छ । बैंकहरूमा निक्षेप थुप्रिएपछि राष्ट्र बैंकले बुधबार बैंकिङ प्रणालीबाट थप ४० अर्ब रुपैयाँ तानेको छ ।

राष्ट्र बैंकले २१ दिने निक्षेप संकलन उपकरणबाट यतिको रकम झिक्न लागेको हो । यसको सावाँ तथा ब्याज भुक्तानी आगामी १२ भदौमा हुनेछ ।

यसअघि गत १६ साउन पनि २१ दिने निक्षेप संकलनका माध्यमबाट राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ४० अर्ब तानेको थियो । ५ भदौमा सावाँ तथा ब्याज भुक्तानी हुने यो प्रणालीमा बैंकहरूले औसत २ दशमलव ९९ प्रतिशत ब्याज मागेका थिए ।

२२ साउनसम्म राष्ट्र बैंकले बैंकहरूबाट तानेको र भुक्तानी दिन बाँकी रकम ३ खर्ब ५८ अर्ब रुपैयाँ छ । अन्तरबैंक दर ३ प्रतिशतभन्दा तल झरेपछि फेरि बजारबाट रकम झिक्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

केन्द्रीय बैंकले ब्याजदरलाई स्थिर राख्नका लागि अन्तरबैंकिङ ब्याजदर ३ प्रतिशतभन्दा तल जान लाग्यो भने निक्षेप खिच्ने गर्छ भने अन्तरबैंकिङ ब्याजदर ६ दशमलव ५ प्रतिशतभन्दा माथि जान लाग्यो भने बजारमा रकम पठाउने गर्छ ।

अहिले अन्तरबैंकिङ ब्याजदर ३ प्रतिशतभन्दा तल झरेकाले राष्ट्र बैंकले फेरि बजारबाट रकम झिक्न लागेको हो । निक्षेप संकलन प्रणालीको भुक्तानी मितिका दिन निर्धारित ब्याजसहित संकलित निक्षेप रकम सम्बन्धित बैंकको राष्ट्र बैंकस्थित खातामा जम्मा गरिन्छ । निक्षेप संकलन गरिएको रकम सम्बन्धित बोलवालाको लगानी हुने भएकाले सो रकमलाई अनिवार्य नगद मौज्दात (सीआरआर)मा गणना गर्न नपाइने नेपाल राष्ट्र बैंकले जनाएको छ । तर, राष्ट्र बैंकको निर्देशनबमोजिम कायम राख्नुपर्ने एसएलआर तथा तरलता अनुपातमा सो रकम गणना गर्न पाइने सुविधा बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले दिएको छ ।

अहिले ‘क’ वर्गका वाणिज्य बैंकहरूले ५७ खर्ब १० अर्ब निक्षेप रुपैयाँ संकलन गरेका छन् भने कर्जा प्रवाह ४५ खर्ब ५८ अर्ब रुपैयाँ मात्रै गरेका छन् । यसैगरी, अन्य वित्तीय संस्थाहरूले ७ खर्ब २९ अर्ब निक्षेप संकलन गर्दा ५ खर्ब ९३ अर्ब रुपैयाँ मात्र कर्जा प्रवाह गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

९० करोडको गुरुयोजनामा धारापानीको पर्यटन प्रवद्र्धन
९० करोडको गुरुयोजनामा धारापानीको पर्यटन प्रवद्र्धन
डब्लूएचओद्वारा कोरोनालाई महामारीको संज्ञा दिँदै, ठोस कदम चाल्न आग्रह
डब्लूएचओद्वारा कोरोनालाई महामारीको संज्ञा दिँदै, ठोस कदम चाल्न आग्रह
चलचित्र ‘मेरी मामु’को शीर्ष गीतमा ६ बर्षिय आयुव सेनकाे तारिफ याेग्य अभिनय
चलचित्र ‘मेरी मामु’को शीर्ष गीतमा ६ बर्षिय आयुव सेनकाे तारिफ याेग्य अभिनय
महानगरपालिका– स्थानीय पाठ्यक्रम तयार पार्न समिति गठन
महानगरपालिका– स्थानीय पाठ्यक्रम तयार पार्न समिति गठन
मेरो जिजुबाजेको सम्पत्तिले पनि पुगेन भन्दै राष्ट्रपतिमाथि खनिए पशुपति शमसेर
मेरो जिजुबाजेको सम्पत्तिले पनि पुगेन भन्दै राष्ट्रपतिमाथि खनिए पशुपति शमसेर
माधव नेपाल समूहका २१ सदस्यले राजीनामा दिने, अध्यक्ष ओलीलाई गराइयो जानकारी
माधव नेपाल समूहका २१ सदस्यले राजीनामा दिने, अध्यक्ष ओलीलाई गराइयो जानकारी
नेपालका कोरोना संक्रमितको संख्या नाघ्यो ५३ हजार
सम्बन्धबारे ‘आपत्तिजनक टिप्पणी’ गरिएको ह्यारी र विलियमको भनाइ
सम्बन्धबारे ‘आपत्तिजनक टिप्पणी’ गरिएको ह्यारी र विलियमको भनाइ
नयाँ सरकार गठनमा काँग्रेस होइन कानून बाधक : काँग्रेस नेता खड्का
नयाँ सरकार गठनमा काँग्रेस होइन कानून बाधक : काँग्रेस नेता खड्का
पोखरामा चिनियाँ भाषाको कक्षा शुरु
पोखरामा चिनियाँ भाषाको कक्षा शुरु

तपाईंले छुटाउनुभयो कि?