सहकारीको रकम हिनामिना गर्ने छ जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ १८, २०८०
|
|
५१ पटक हेरिएको
Shares
सहकारीको रकम हिनामिना गर्ने छ जना पक्राउ

सारांश

  • काठमाडौँ ।
  • नेपाल प्रहरीले सहकारीको रकम हिनामिना गर्ने छ जनालाई पक्राउ गरेको छ ।
  • प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बूढानीलकण्ठ नगरपालिका–९ स्थित एकताबुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रू आठ करोड १८ लाख ८९ हजार सात सय ९५ हिनामिना गर्ने छ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

काठमाडौँ । नेपाल प्रहरीले सहकारीको रकम हिनामिना गर्ने छ जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले बूढानीलकण्ठ नगरपालिका–९ स्थित एकताबुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रू आठ करोड १८ लाख ८९ हजार सात सय ९५ हिनामिना गर्ने छ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा बूढानीलकण्ठ नगरपालिका–९ बस्ने ७२ वर्षीय भानुकुमार शर्मा, ६७ वर्षीय प्रमोदकुमार न्यौपाने, ५० वर्षीय सोमलाल श्रेष्ठ, ५२ वर्षीय वीरबहादुर तामाङ, ३४ वर्षीय शम्भु कार्की र गोरखा पालुङटार नगरपालिका–७ का ५८ वर्षीय रामकुमार श्रेष्ठ रहेका ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए ।

उनले उक्त संस्थाका बचत कर्ताबाट मुद्दती तथा बचत खातामा करोडौँ रुपैयाँ निक्षेप सङ्कलन गरी संस्थाका सञ्चालकले व्यक्तिगत लाभका लागि प्रयोग गरेको उजुरीका आधारमा पक्राउ गरिएको जानकारी दिए । “उनीहरुले सहकारी ऐन, २०७४ विपरीतका काम गरी संस्थालाई धरासायी बनाइ बचतकर्ताको फिर्ता गर्नुपर्ने रकम तोकिएको मितिभित्र भुक्तानी नगरेको उजुरीका आधारमा पक्राउ गरिएको हो”, ब्यूरोका प्रवक्ता थापाले भने ।

पक्राउ परेका सबैलाई काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।

(Clonazepam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमालेबाट समानुपातिक सांसद बन्ने दुई पुरुष र ३९ महिला (नामसहित)
एमालेबाट समानुपातिक सांसद बन्ने दुई पुरुष र ३९ महिला (नामसहित)
संवादमार्फत सहकारीपीडितको माग सम्बोधन गर्न माग
संवादमार्फत सहकारीपीडितको माग सम्बोधन गर्न माग
रेडक्रसका ६ जना कर्मचारीको हत्या
रेडक्रसका ६ जना कर्मचारीको हत्या
प्रधानमन्त्री ओलीलाई डाक्टरले भिडभाडमा नजान, हात नमिलाउन सुझाव दिए…
प्रधानमन्त्री ओलीलाई डाक्टरले भिडभाडमा नजान, हात नमिलाउन सुझाव दिए…
देउवाले प्रचण्डलाई प्रधानमन्त्रीको रुपमा प्रस्ताव गर्नु चारो हाले सरह हो
देउवाले प्रचण्डलाई प्रधानमन्त्रीको रुपमा प्रस्ताव गर्नु चारो हाले सरह हो
पूर्ण घर्तीको जीवनयात्रा : नेपालकै पहिलो जनसरकार प्रमुखदेखि सभामुखसम्म
पूर्ण घर्तीको जीवनयात्रा : नेपालकै पहिलो जनसरकार प्रमुखदेखि सभामुखसम्म
मृत्युको मुखमा ५ बर्षिय बालक! क्यान्सर पीडित साइरस श्रेष्ठको जीवन रक्षाको लागि अपिल
मृत्युको मुखमा ५ बर्षिय बालक! क्यान्सर पीडित साइरस श्रेष्ठको जीवन रक्षाको लागि अपिल
झण्डै डुबेको वाणिज्य बैंकले नाफा कमाउन थाल्यो
झण्डै डुबेको वाणिज्य बैंकले नाफा कमाउन थाल्यो
श्रीमान्-श्रीमतीलाई नै संसद् नबनाउन माग
श्रीमान्-श्रीमतीलाई नै संसद् नबनाउन माग
अत्याधिक चिसोको कारण पुलामीको मृत्यु
अत्याधिक चिसोको कारण पुलामीको मृत्यु