बालोन डी’ओर: मेस्सि र रोनाल्डो दुवै अन्तिम तीनमा परेनन् !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर ६, २०७५
|
|
४३ पटक हेरिएको
Shares
बालोन डी’ओर: मेस्सि र रोनाल्डो दुवै अन्तिम तीनमा परेनन् !

सारांश

  • विश्व फुटबलमा व्यक्तिगत तहको ठूलो अवार्ड मध्ये एक बालोन डी’ओरमा यो वर्ष रोनाल्डो–मेस्सी दबदबा तोडिने आँकलन बलियो हुँदै गएको छ ।
  • पछिल्लो एक दशकदेखि क्रिष्टियानो रोनाल्डो र लियाेनल मेस्सीले अवार्ड जित्दै आएका थिए ।
  • तर यो वर्ष विश्व फुटबलको प्रशासकीय निकाय फिफाले प्रदान गरेको वर्ष खेलाडीको अवार्ड लुका मोड्रिकले जिते ।

विश्व फुटबलमा व्यक्तिगत तहको ठूलो अवार्ड मध्ये एक बालोन डी’ओरमा यो वर्ष रोनाल्डो–मेस्सी दबदबा तोडिने आँकलन बलियो हुँदै गएको छ । पछिल्लो एक दशकदेखि क्रिष्टियानो रोनाल्डो र लियाेनल मेस्सीले अवार्ड जित्दै आएका थिए । तर यो वर्ष विश्व फुटबलको प्रशासकीय निकाय फिफाले प्रदान गरेको वर्ष खेलाडीको अवार्ड लुका मोड्रिकले जिते ।

रोनाल्डो अन्तिम तीनमा त परे तर अवार्ड जित्न सकेनन् । अब अर्को अवार्डको पालो छ, बालोन डी’ओर, त्यसमा रोनाल्डो, मेस्सीसहितका खेलाडी मनोनयनमा परेका छन् । तर इटाली तथा फ्रान्समा विभिन्न पत्रपत्रिकामा छापिएका खबरमा दाबी गरिएको छ कि रोनाल्डो र मेस्सी दुवै अन्तिम तीनमा परेका छैनन् ।

फ्रेन्च फुटबल म्यागजिनले प्रदान गर्दै आएको यो अवार्ड डिसेम्बर ३ मा घोषणा हुनेछ । दाबी गरिए अनुसार राफाय भाराने, लुका मोड्रिक र केलियन एमबाप्पे अन्तिम तीनमा परेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?