बास्कोटा मन्त्रीमा बढुवा, सरकारमा दुई उपप्रधानमन्त्री थपिए !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ १८, २०७५
|
११
|
१४ पटक हेरिएको
Shares
बास्कोटा मन्त्रीमा बढुवा, सरकारमा दुई उपप्रधानमन्त्री थपिए !

सारांश

  • काठमाडौं,१८ जेठ  ।
  •   प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा दुई उपप्रधानमन्त्री थपिएका छन् ।
  • संघीय समाजवादी फोरमलाई समेटेर सरकार विस्तार गर्ने क्रममा प्रधानन्त्री ओलीले दुई उपप्रधानमन्त्री बनाएका हुन् ।

काठमाडौं,१८ जेठ  ।  प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा दुई उपप्रधानमन्त्री थपिएका छन् ।

संघीय समाजवादी फोरमलाई समेटेर सरकार विस्तार गर्ने क्रममा प्रधानन्त्री ओलीले दुई उपप्रधानमन्त्री बनाएका हुन् । रक्षामन्त्री ईश्वर पोखरेलको उपप्रधानमन्त्रीमा बढुवा भएको छ । यस्तै फोरम अध्यक्ष उपेन्द्र यादव उपप्रधान एवं स्वास्थ्यमन्त्री बनेका छन् । दुबैले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सपथ लिएका छन् ।

पोखरेलसँगै गृहमन्त्री रामबहादुर थापा बादलले उपप्रधानमन्त्री मागेका थिए । तर, ओलीले उपप्रधानमन्त्री नै नबनाउने अडान दिए । बादल तत्कालीन माओवादी र पोखरेल तत्कालीन एमालेबाट मन्त्री भएका थिए ।

अहिले दुबै दलबीच एकता गरेर नेपाल कम्युनिष्ट पार्टी बनेपछि पोखरेल मात्र उपप्रधानमन्त्री बनेका छन् ।

बास्कोटाको बढुवा

मो इस्तियाक राईन र गोकुल बास्कोटाले मन्त्रीको सपथ लिएका छन् । राईन संघीय फोरमबाट शहरी विकासमन्त्री बनेका हुन् । बास्कोटा भने मन्त्रिपरिषद्मा सहभागी हुन पाउने गरी सञ्चार राज्यमन्त्री थिए । तर, फोरमबाट मन्त्री थप्दा उनको पनि बढुवा भएको छ ।

प्रतिक्रिया

11 कमेन्ट

    Comment Author

    Resham Thapa Magar

    Lala sarkar mantilri matrai badhayara basa kaam saam xaina garnu…..

    Comment Author

    Ganesh Dahal

    Hardikbadhi

    Comment Author

    Lb Rogu

    वधाई छ।आशा गरौं अब स्वार्थको लागि कोहि कसैबाट ल्याड० ल्याड०गर्दै देशलाई बन्धक वनाउने काम हुदैन।बरु संविधान संशोधन गरेरै भए पनि ५,७ थान मन्त्रीमण्डल थप गरेर पनि संसद भित्र र बाहिर भएका पार्टीहरुलाई समेत सरकारमा समावेश गरि राष्ट्र निर्माणको अभियानमा लगाऔं ।कुनै व्यक्ति गुट वा पार्टी विशेषको स्वार्थमा त देशको नियम कानुन र संविधानलाई परिवर्न/निश्कृय वनाइन्छ भने जनताको भलाई र राष्ट्र निर्माणमा बरु कसैले जवर्जस्त विरोध र बन्दको काम सधैंको लागि वन्द गर्दा नै सबै नेपालीको कल्याण हुन्छ।

    Comment Author

    Durga Tumsa

    उपेन्द्रलाई बादलभन्दा वरिष्ठ राख्नु गलत भयो….।

    Comment Author

    Parmod Safal

    OliPm .DeputyPm 6 puranai. Chasm go………

    Comment Author

    Dip Sharma

    J gardina vanxau tehi gardai gaxau
    Timro adan ni ustai

    Comment Author

    Tibbat Rai

    तेल मन्त्री पनि उप प्रम बनेछन् ?

    Comment Author

    Chhetri Bimu

    Marney bela jey garey ni humcha

    Comment Author

    Sudhir P. Lohani

    ओलीजी घुमी फिरी रुम्जाटार !

    Comment Author

    Nabin Acharya

    Ab rajapalai pani lau sarkar

    Comment Author

    Sagar Dura

    Upapardhan Mantri Rakhnu kina yo Sahi vayna. Kina ki purano chalan vayo. Ani Deslai Var ho

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 11
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?