सीमा क्षेत्रमा बढ्दै कुखुरा तस्करी : भारतीय सेतो अण्डामा कडाइ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष २०, २०७५
|
|
४० पटक हेरिएको
Shares
सीमा क्षेत्रमा बढ्दै कुखुरा तस्करी : भारतीय सेतो अण्डामा कडाइ

सारांश

  • चितवन ।
  • सरकारले भारतसँगकाे खुला नाकाबाट जथाभावी कुखुराजन्य वस्तु अायातमा प्रतिबन्ध लगाए पनि तस्करी भने राेकिएकाे छैन ।
  •  खुला सिमानाका कारण सीमावर्ती शहर हुँदै कुखुराको अण्डा भित्रिन थालेकापछि नेपाल अण्डा उत्पादक सङ्घले निगरानी बढाएको छ ।

चितवन ।सरकारले भारतसँगकाे खुला नाकाबाट जथाभावी कुखुराजन्य वस्तु अायातमा प्रतिबन्ध लगाए पनि तस्करी भने राेकिएकाे छैन । खुला सिमानाका कारण सीमावर्ती शहर हुँदै कुखुराको अण्डा भित्रिन थालेकापछि नेपाल अण्डा उत्पादक सङ्घले निगरानी बढाएको छ ।

सङ्घको केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरुले नियमित रुपमा त्यस्ता बजारको अनुगमन गरी अवैध रुपमा अण्डा भित्रन नदिन सचेत गराएका छन् । सीमा क्षेत्रका बजारमा भारतीय सेतो अण्डा भित्रिएपछि नेपाली उत्पादन प्रभावित बनेको सङ्घका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिए ।

सरकारले अनुसार  कानूनी रुपमा हवाईमार्गबाहेक अन्यत्र नाकाबाट कुखुराजन्य पदार्थ आयात गर्न निषेध गरेकाे भए पनि भारतबाट हुने लुकीछिपी अण्डा भित्र्याउने क्रम नराेकिएकाे कँडेलले बताए ।

केन्द्रीय समितिले अवैध अण्डा अायातमा नियमित अनुगमन गरिरहेको उनकाे भनाइ छ । सशस्त्र प्रहरीको सीमा सुरक्षा बलका अधिकारीलाई भेट गरी अण्डा भित्रन नदिन समितिले आग्रह समेत गरेको छ ।

नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय सचिव मदन पोखरेलका अनुसार बर्दघाट, भैरहवा, परासी, महेशपुर, वीरगञ्ज, जनकपुर, सिराहालगायत क्षेत्रमा नियमित अनुगमन भइरहेको छ । देशका अन्य सीमा क्षेत्रका बजारमा पनि भारतीय अण्डा भित्रन नदिन सम्बन्धित क्षेत्रका सशस्त्र प्रहरी, व्यवसायी र कृषकलाई आग्रह गरिएको कँडले बताए ।

दैनिक ३५ लाख अण्डा उत्पादन

नेपालमा हाल प्रतिक्रेट रु ३६५ सम्म पुगेको अण्डाको फार्म मूल्य घटेर रु २७० मा कारोबार भइरहेको छ । दुई वर्षअघि अण्डाको प्रतिक्रेट मूल्य रु ३६५ रहेको थियो ।

हाल देशभरमा देशभरिका २ हजार १०० खोरमा कुखुरा पालिँदै आएको छ भने दैनिक ३५ लाख अण्डा उत्पादन हुन्छ । जसमध्ये आधा चितवनमा मात्रै उत्पादन हुँदै आएको छ ।

कुखुरापालनबाट राेजगारी पनि बढेकाे छ । हाल एक लाख ७० हजारभन्दा बढी मजदूर लेयर्स कुखुरापालनमा कार्यरत रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टीकापुर हत्याकाण्डमा बुधवार पहिलो सुनुवाइ:साक्षी झिकाउने आदेश
टीकापुर हत्याकाण्डमा बुधवार पहिलो सुनुवाइ:साक्षी झिकाउने आदेश
रवीन्द्र मिश्र पतृ शाेकमा वरिष्ठ कलाकार मनुजबाबु मिश्रको निधन !
रवीन्द्र मिश्र पतृ शाेकमा वरिष्ठ कलाकार मनुजबाबु मिश्रको निधन !
दिउँसो २ बजेसम्ममा देशभर ४१ प्रतिशत मत खस्यो : आयोग
दिउँसो २ बजेसम्ममा देशभर ४१ प्रतिशत मत खस्यो : आयोग
एसइई २०७९ को नतिजा गत वर्षको व्यवस्थाअनुसार नै सार्वजनिक गर्ने निर्णय
एसइई २०७९ को नतिजा गत वर्षको व्यवस्थाअनुसार नै सार्वजनिक गर्ने निर्णय
जडीबुटी–पेप्सीकोला वैकल्पिक सडक सञ्चालन गरिने !
जडीबुटी–पेप्सीकोला वैकल्पिक सडक सञ्चालन गरिने !
सरकारको लक्ष्य समृद्धि र विकास : मुख्यमन्त्री राई
सरकारको लक्ष्य समृद्धि र विकास : मुख्यमन्त्री राई
अबको शिक्षा ७० प्रतिशत प्राविधिक, ३० प्रतिशत साधारण : अध्यक्ष प्रचण्ड
विप्लवका उपत्यका इन्चार्ज माइला लामा पक्राउ
विप्लवका उपत्यका इन्चार्ज माइला लामा पक्राउ
कोरियन भाषा परीक्षामा ४७ जना नक्कली विद्यार्थी पक्राउ
कोरियन भाषा परीक्षामा ४७ जना नक्कली विद्यार्थी पक्राउ
महिलाको नेतृत्व विकासमा अहम् भुमिका खेल्दै निर्मला क्षत्री
महिलाको नेतृत्व विकासमा अहम् भुमिका खेल्दै निर्मला क्षत्री