तीन दशकमा बक्स अफिस किंग सलमानले बनाए यी किर्तिमान !

Shikharkhabar Shikharkhabar
|
बुधबार, भाद्र ६, २०७५
|
|
५४ पटक हेरिएको
Shares
तीन दशकमा बक्स अफिस किंग सलमानले बनाए यी किर्तिमान !

सारांश

  • बलिउड सुपरस्टार सलमान खान फिल्म क्षेत्रमा लागेको ३० वर्ष पुरा भएको छ ।
  • सन १९८८ मा वीवी हो तो ऐसि बाट फिल्मी यात्रा सुरु गरेका उनले ३० वर्षको अवधिमा ८० भन्दा बढी फिल्म खेलिसकेका छन् ।
  • यो अवधिमा उनले दबंग, भाइजान जस्ता लोकप्रिय उपमा पाएका छन् ।

बलिउड सुपरस्टार सलमान खान फिल्म क्षेत्रमा लागेको ३० वर्ष पुरा भएको छ । सन १९८८ मा वीवी हो तो ऐसि बाट फिल्मी यात्रा सुरु गरेका उनले ३० वर्षको अवधिमा ८० भन्दा बढी फिल्म खेलिसकेका छन् । यो अवधिमा उनले दबंग, भाइजान जस्ता लोकप्रिय उपमा पाएका छन् । यो ३० वर्षमा सलमाने केही यस्ता रेकर्ड बनाएका छन् जो सायदै कसैले तोड्न सक्ला । उनी बक्स अफिस किंगका नामले पनि चिनीने गर्छन् ।

सलमान बलिउडका ति कलाकार मध्येका हुन् जो आफैमा फिल्म ब्लकबस्टर हुने ग्यारेन्टी हुन् । उनका हरेक फिल्मले बक्स अफिसमा नयाँ किर्तिमान कायम गर्छन् । त्यसैले उनी बलिउडका मात्र नभएर बक्स अफिसका पनि दबंग कहलिएका छन् । पछिल्लो ८ वर्षमा सलमानले बक्स अफिसमा जुन तहल्का मचाएका छन् त्यो रोकिने नाम लिइरहेको छैन । उनीसँग अझै फिल्मका लाइन छन् ।

३०० करोड क्लबमा सलमानका ३ फिल्म सामेल छन् । ति हुन्, बजरंगी भाइजान, सुल्तान र टाइगर जिन्दा हे । यसको मतलब सलमानका यी ३ फिल्मले मात्रै ९०० करोड भन्दा बढीको व्यापार गरेका छन् । साथै सलमान मात्र एक यस्ता कलाकार हुन् जसको ३ फिल्म ३०० करोड क्लबमा सामेल छन् । त्यो पनि ब्याक टु ब्याक । यी बाहेक सलमानका किक र प्रेम रतन धन पायो ले २०० करोड क्लबमा स्थान बनाएका छन् ।

सलमान अर्को यस्तो किर्तिमान छ जुन कसैले तोड्न असम्भव छ भन्दा फरक नपर्ला । उनी एकमात्र यस्ता कलाकार हुन जसका १४ फिल्म १०० करोड क्लबमा छन् र ३ फिल्मले ३०० करोड भन्दा बढीको व्यापार गरेका छन् । समग्रमा उनको फिल्मी व्यापार ३ हजार करोड भन्दा माथि पुगिसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्ताे छ शनिबार विदेशी मुद्राकाे बिनिमयदर
यस्ताे छ शनिबार विदेशी मुद्राकाे बिनिमयदर
पहिलो विश्व कास्की सम्मेलन पोखरामा हुदै
पहिलो विश्व कास्की सम्मेलन पोखरामा हुदै
राष्ट्रवादी बन्नकै लागि भारतलाई गाली गर्ने परम्पराको अन्त्य गर्नुपर्छ : मनिष सुमन
राष्ट्रवादी बन्नकै लागि भारतलाई गाली गर्ने परम्पराको अन्त्य गर्नुपर्छ : मनिष सुमन
न्युजिल्याण्डको लगातार दोस्रो जित, बंगलादेशलाई हराउँदै तालिकाको शीर्ष स्थानमा
न्युजिल्याण्डको लगातार दोस्रो जित, बंगलादेशलाई हराउँदै तालिकाको शीर्ष स्थानमा
5 Benefits of Dancing
5 Benefits of Dancing
गरीबीका कारण सानै उमेरमा विवाह
गरीबीका कारण सानै उमेरमा विवाह
नेकपाभित्रका मुख्य विवाद यस्ता छन्…
नेकपाभित्रका मुख्य विवाद यस्ता छन्…
राष्ट्रसंघको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार रिमाल
राष्ट्रसंघको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार रिमाल
गुणस्तरीय खाद्यान्न उपलव्ध गराउने उद्देश्यसहित वर्ष दिन भित्रै काठमाडौँमा नेचर सुपरमार्केटको १० शाखा खुल्ने
गुणस्तरीय खाद्यान्न उपलव्ध गराउने उद्देश्यसहित वर्ष दिन भित्रै काठमाडौँमा नेचर सुपरमार्केटको १० शाखा खुल्ने
कोरोना भाइरसका कारण यस वर्षको होली खेल्न नपाइने
कोरोना भाइरसका कारण यस वर्षको होली खेल्न नपाइने