बिनाविभागीय मन्त्री शर्मा र पुनमाथि बम आक्रमण गर्नेलाई कारबाहीको माग

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक २७, २०७४
|
|
४० पटक हेरिएको
Shares
बिनाविभागीय मन्त्री शर्मा र पुनमाथि बम आक्रमण गर्नेलाई कारबाहीको माग

सारांश

  • नेकपा (माओवादी केन्द्र) निकट योङ कम्युनिस्ट लिग (वाइसिएल) नेपाल र अनेरास्ववियु (क्रान्तिकारी)ले बिनाविभागीय मन्त्री जनार्दन शर्मा र माओवादी केन्द्रका कार्यालय सदस्य तथा पूर्वमन्त्री वर्षमान पुनमाथि बम आक्रमण गर्नेलाई कारबाहीको माग गरेका छन् ।
  • वाइसिएल अध्यक्ष दीप शिखा र क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङ्ले आज सयुक्त विज्ञप्ति निकाली शर्मा र पुन माथि लक्षित गरिएको बम आक्रमणको भत्र्सना गदै सरकारसंग कारबाहीको माग गर्नुभएको हो ।
  • विज्ञप्तिमा दुई नेतालाई लक्षित गरी ज्यानै लिनेसम्मको मनसाय राखी कायरतापूर्ण र शृङ्खलाबद्ध वम आक्रमण गरिएकोप्रति निन्दा गर्दै वाम गठबन्धनबाट तिल्मिलाएको सरकारले चुनाव बिथोल्न अनेक बहानाबाजी खोजिरहेका बेला त्यसैलाई बल पुग्ने गरी आक्रमण गरिएको जनाइएको छ ।

नेकपा (माओवादी केन्द्र) निकट योङ कम्युनिस्ट लिग (वाइसिएल) नेपाल र अनेरास्ववियु (क्रान्तिकारी)ले बिनाविभागीय मन्त्री जनार्दन शर्मा र माओवादी केन्द्रका कार्यालय सदस्य तथा पूर्वमन्त्री वर्षमान पुनमाथि बम आक्रमण गर्नेलाई कारबाहीको माग गरेका छन् ।

वाइसिएल अध्यक्ष दीप शिखा र क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङ्ले आज सयुक्त विज्ञप्ति निकाली शर्मा र पुन माथि लक्षित गरिएको बम आक्रमणको भत्र्सना गदै सरकारसंग कारबाहीको माग गर्नुभएको हो ।

विज्ञप्तिमा दुई नेतालाई लक्षित गरी ज्यानै लिनेसम्मको मनसाय राखी कायरतापूर्ण र शृङ्खलाबद्ध वम आक्रमण गरिएकोप्रति निन्दा गर्दै वाम गठबन्धनबाट तिल्मिलाएको सरकारले चुनाव बिथोल्न अनेक बहानाबाजी खोजिरहेका बेला त्यसैलाई बल पुग्ने गरी आक्रमण गरिएको जनाइएको छ ।

जनवादी क्रान्तिका आधारभूत कार्यभार पूरा गरी वाम एकता गर्दै समाजवाद प्राप्तिको दिशामा सिंगो मुलुक एकाकार हुँदै गएको पृष्ठभूमिमा त्यसका प्रमुख अभियन्तामध्येका नेतामाथि भएको यो आक्रमण अत्यन्तै पश्चगामी सोच भएको विज्ञप्तिमा उल्लेख छ ।

रोल्पाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नुभएका पुनमाथि हालै आक्रमण गरिएको थियो भने केही दिनअघि शर्मालाई निर्वाचन प्रसारप्रसारका क्रममा आफ्नो गृह जिल्ला रुकुममा आक्रमण गरिएको थियो ।

पूर्व गृह मन्त्रीसमेत रहनुभएका शर्मा रुकुमबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनुहुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?