बिपीको विचार आत्मसात् गरे देश अघि बढ्छ ः डा कोइराला

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र २४, २०७४
|
|
१७ पटक हेरिएको
Shares
बिपीको विचार आत्मसात् गरे देश अघि बढ्छ ः डा कोइराला

सारांश

  • पोखरा, २४ भदौ ।
  • नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले बिपी कोइरालाकोे विचारलाई आत्मसात् गरेर अघि बढे मात्रै देश अघि बढ्न सक्ने बताउनुभएको छ ।
  • एक सय तीनौँ बिपी जयन्तीका अवसरमा काँग्रेस पोखरालेखनाथ महानगरपालिका–२६ वडा समन्वय समितिको आयोजनामा आज बिपी कुञ्ज उद्यानमा भएको प्रवचन कार्यक्रममा उहाँले २०१५ सालमा पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपीको प्रधानमन्त्रीत्वकालदेखि नै नेपालमा विकास निर्माणको थालनी हुन सकेको हो भन्नुभयो ।

पोखरा, २४ भदौ । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले बिपी कोइरालाकोे विचारलाई आत्मसात् गरेर अघि बढे मात्रै देश अघि बढ्न सक्ने बताउनुभएको छ ।

एक सय तीनौँ बिपी जयन्तीका अवसरमा काँग्रेस पोखरालेखनाथ महानगरपालिका–२६ वडा समन्वय समितिको आयोजनामा आज बिपी कुञ्ज उद्यानमा भएको प्रवचन कार्यक्रममा उहाँले २०१५ सालमा पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपीको प्रधानमन्त्रीत्वकालदेखि नै नेपालमा विकास निर्माणको थालनी हुन सकेको हो भन्नुभयो ।

डा कोइरालाले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा काँग्रेसलाई बहुमत दिलाएर बिपीको सपना पूरा गर्नेतर्फ कार्यकर्ता अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा बिपी चिन्तन प्रतिष्ठानका केन्द्रीय अध्यक्ष श्रीहर्ष कोइरालाले बिपीको चिन्तन र मननलाई आत्मसात् गर्न सके देशले छिट्टै विकासको फड्को मार्न सक्ने विचार व्यक्त गर्नुभयो ।

वडा समन्वय समितिका सभापति कृष्णमोहन भट्टराईको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल महिला संघ कास्कीका सभापति कोपिला रानाभाट, डा तुल्सी भट्टराई, निर्मला ढुंगाना, चिनियाँ थापालगायतले बिपीको योगदानमाथि प्रकाश पार्नुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज साउन ६ गते: कहाँ के-के घटना घटे ?
आज साउन ६ गते: कहाँ के-के घटना घटे ?
निर्मला बलात्कार-हत्याकाण्ड : निलम्बनमा परेका प्रहरीमाथि छानबिन गर्न यस्तो बन्यो विज्ञ समुह
चैत्र २७ गतेबाट मेलम्चीको पानी घर घरमा, राष्ट्रपति भण्डारीले शुभारम्भ गर्ने समारोहको तयारी
चैत्र २७ गतेबाट मेलम्चीको पानी घर घरमा, राष्ट्रपति भण्डारीले शुभारम्भ गर्ने समारोहको तयारी
सरकारी बजेट तर कार्यक्रम भने नेताको नाममा
सरकारी बजेट तर कार्यक्रम भने नेताको नाममा
नयाँ शक्तिमा नयाँ तरंग : बाबुराम–देवेन्द्रबीच जुहारी
नयाँ शक्तिमा नयाँ तरंग : बाबुराम–देवेन्द्रबीच जुहारी
उपचुनावपछि सरकारलाई समर्थन कायम राख्ने कि नराख्ने निर्णय गर्छौँः रवि लामिछाने
उपचुनावपछि सरकारलाई समर्थन कायम राख्ने कि नराख्ने निर्णय गर्छौँः रवि लामिछाने
Windscribe Review – A Look at Fast Email Preventing Software
सरकारद्वारा बाढीप्रभावित क्षेत्रमा आफूखुसी राहत वितरण गर्न रोक
सरकारद्वारा बाढीप्रभावित क्षेत्रमा आफूखुसी राहत वितरण गर्न रोक
ओलीको कामप्रति माओवादी किन संशकित भयो?
दुई ढुङ्गा बिचको तरुल “नेपाल” – चुडामणी खनाल
दुई ढुङ्गा बिचको तरुल “नेपाल” – चुडामणी खनाल

तपाईंले छुटाउनुभयो कि?