बिपी र महेन्द्रले बनाएको उद्योग कांग्रेसले बेचे : नेपाल
सारांश
- काठमाडौं, २ मंसिर ।
- नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले यथास्थिति र परिवर्तनबाट मुलुकलाई अग्रगमनको बाटोमा अघि बढाउन वाम गठबन्धनको विजयी अपरिहार्य भएको बताएका छन्।
- वरिष्ठ सिने कलाकारहरुसँग शुक्रबार काठमाडौमा भएको अन्तरक्रियामा नेता नेपालले नेपाली कांग्रेस यथास्थितिवादी, प्रतिगमनको मतियार र भ्रष्टाचारले वद्नाम पार्टी भएको आरोप लगाए।
काठमाडौं, २ मंसिर । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले यथास्थिति र परिवर्तनबाट मुलुकलाई अग्रगमनको बाटोमा अघि बढाउन वाम गठबन्धनको विजयी अपरिहार्य भएको बताएका छन्।
वरिष्ठ सिने कलाकारहरुसँग शुक्रबार काठमाडौमा भएको अन्तरक्रियामा नेता नेपालले नेपाली कांग्रेस यथास्थितिवादी, प्रतिगमनको मतियार र भ्रष्टाचारले वद्नाम पार्टी भएको आरोप लगाए।
महेन्द्र र वीपीका पालामा बनेका उद्योग र कलकारखाना समेत कांग्रेसले समाप्त पारेको भन्दै नेता नेपालको दावी थियो। ‘राजनीतिक क्रान्तिको कार्यभार पूरा भएको छ,’ उनले भने, ‘अब विकास र आर्थिक समृद्धि हाम्रो कार्यभार हो ।’
उनले केही वाम विरोधीले अधिनायकवादको हल्ला फिजाए पनि अब देश विकास गर्ने कम्युनिस्टहरु नै भएको पनि दाबी गर्नुभयो।
‘कांग्रेसले तीन पटक बहुमत ल्यायो तर, विकास निर्माणका सन्दर्भमा शून्य भयो,’ नेपालको भनाइ थियो ‘पटक–पटक असफल भएको कांग्रेसले देश विकास गर्न सक्दैन । अब समृद्धिको सपना पूरा गर्न वाम गठबन्धलाई पूरा पाँच वर्ष सरकार चलाउनु दिनुपर्छ ।’
उनले कम्युनिस्टहरुले पहिलोचोटी बहुमत ल्याउने अवसर पाएको भन्दै अब बन्ने सरकारले आत्मनिर्भरमा जोड दिने बताए ।
सडक, रेलमार्ग, हवाईमार्ग, जडिबुटीलगायतमा आत्मनिर्भर भई पाँच वर्षमा नेपालको मुहार फेर्न सक्ने उनको दावी थियो ।
‘सरकारले देशलाई हरेक क्षेत्रमा आत्मनिर्भर बनाउनका लागि वाम गठबन्धनले जित्न आवश्यक छ,’ उनले भने, ‘अहिले सर्वसाधारणमा वामगठबन्धनप्रति आकर्षण बढ्दै गएको छ । स्वच्छ र गतिशील प्रशासनका लागि वाम गठबन्धनको सरकार नै चाहिन्छ ।’
कार्यक्रममा एमाले नेता कृष्णगोपाल श्रेष्ठले वाम गठबन्धनको सरकार बनेपछि पहिलो क्याविनेट बैठकले नै कांग्रेस सरकारले गरेका गलत निर्णयहरु खारेजि गरिदिने चेतावनी दिनुभयो । उहाँले दुईतिहाई बहुमतसहितको सरकार बाम गठबन्धनले बनाउने पनि दाबी गर्नुभयो । ‘वाम एकता कम्युनिष्टहरुका लागि कोशेढुंगा हो,’ उहाँले भन्नुभयो ।
प्रतिक्रिया