शिवराजको न्यायिक समिति वाट ३५ वटा मुद्धा फैसला

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ ५, २०७५
|
|
३८ पटक हेरिएको
Shares
शिवराजको न्यायिक समिति वाट ३५ वटा मुद्धा फैसला

सारांश

  • माधव बेल्वासे, कपिलवस्तु(चन्द्रौटा), ५ असार ।
  • शिवराज नगरपालिकाको न्यायिक समितिमा करिव एक वर्षको अवधिमा ५५ वटा मुद्धा दर्ता भएको समितिका संयोजक शिवकुमारी चौधरीले वताएकि छिन ।
  • नगरभित्र रहेका विवाद, हिंसाबाट पीडितहरूले न्याय पाउन नसकेको एवं कानुनी प्रक्रिया खर्चिलो र झन्झटिलो हुने भएकाले स्थानीय सरकारले पाएको अधिकार वमोजिम शिवराज नगरपालिकामा पनि न्यायिक समिति गठन गरी उपप्रमुखको संयोजक्तवमा काम भइरहेको छ ।

माधव बेल्वासे, कपिलवस्तु(चन्द्रौटा), ५ असार । शिवराज नगरपालिकाको न्यायिक समितिमा करिव एक वर्षको अवधिमा ५५ वटा मुद्धा दर्ता भएको समितिका संयोजक शिवकुमारी चौधरीले वताएकि छिन ।

नगरभित्र रहेका विवाद, हिंसाबाट पीडितहरूले न्याय पाउन नसकेको एवं कानुनी प्रक्रिया खर्चिलो र झन्झटिलो हुने भएकाले स्थानीय सरकारले पाएको अधिकार वमोजिम शिवराज नगरपालिकामा पनि न्यायिक समिति गठन गरी उपप्रमुखको संयोजक्तवमा काम भइरहेको छ । समितिमा परेका ५५ वटा मुद्धा मध्ये ३५ वटा मुद्धाको निर्णय गरी फैसला भइसकेको संयोजक तथा उपप्रमुख चौधरीले वताइन । त्यस्तै १० वटा मुद्धा प्रकृयामा रहेको,५ वटा मेलमेलापमा पठाएको,४ वटा मिलापत्र भएको र १ वटा अदालमा गएको वताइएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४, परिछेद ८, दफा ४७ को उपदफा १ अनुसार न्यायिक समितिको विवाद निरुपण गर्ने अधिकार क्षेत्रभित्रका विषयवस्तुमा उल्लेख भए वमोजिमाका मुद्धाहरु दर्ता भएको चौधरीले वताइन । मधेश समुदायको वाहुल्यता रहेको ठाउमा अधिकांश विवाद हुने गएको र सो ठाउका मुद्धाहरु धेरै आएको चाैधरी बताउछिन । चौधरीले भनिन“यस नगरपालिका भित्र अहिले सम्म ५५ वटा मुद्धा आए अधिकांश जग्गा सम्वन्धि रहेका छन” ।

गाउघरमा धेरै विवाद हुने भएकोले कतिपय विवादलाई मैखिक रुपमा समेत मिलापत्र गरेको उनले वताइन । सामान्य झै झगडामा भएको ठाउमा आफै पुगेर मिलापत्र गरेको चौधरीले बताइन ।

पिडितलाई न्याय दिलाउने र पिडकलाई कारवाहि  गर्ने उद्देश्य स्वरुपमा निस्पक्ष ढङगवाट निर्णयहरु गरेको वताइन । समितिमा मुद्धा परेको छ भने सम्वन्धित सरकारी निकाय पत्रकार वुद्धीजिविहरुको राेहवरमा स्थलगत अनुगमन गरेर फैसला गर्ने गरेको समेत उनले बताइन ।

नगरवासीहरुको हक हितको निर्णय गर्ने उल्लेख गर्दै पिडितलाई जसरी भएपनि न्याय दिलाउने अडान राखिन ।

उपप्रमुख चौधरीले आफ्नो गाउँठाउमा रहेका समस्या र तथा अन्यायमा परेका जो कहिले पनि सिधै सम्पर्क गर्न सक्ने र त्यसलाई न्याय दिलाउने प्रतिवद्धता जनाइन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाह्रविसे नगरपालिका र भोटेकोसी गाउँपालिकालाई सहयोग रकम हस्तान्तरण
बाह्रविसे नगरपालिका र भोटेकोसी गाउँपालिकालाई सहयोग रकम हस्तान्तरण
पर्यटकको सहजताका लागि झापामा ‘ट्रस ब्रिज’ निर्माण
पर्यटकको सहजताका लागि झापामा ‘ट्रस ब्रिज’ निर्माण
पहिरोले तीन घर पुरिए घर, भित्र मानिस रहेकाे अाशंका
पहिरोले तीन घर पुरिए घर, भित्र मानिस रहेकाे अाशंका
‘डेङ्गु रोगबारे जनमानसमा  ज्ञानको कमी’
‘डेङ्गु रोगबारे जनमानसमा ज्ञानको कमी’
विवाह पञ्चमीले सद्भाव र बन्धुत्वको भावनालाई अझ प्रगाढ बनाउन सहयोग पुर्‍याउँछ : राष्ट्रपति
विवाह पञ्चमीले सद्भाव र बन्धुत्वको भावनालाई अझ प्रगाढ बनाउन सहयोग पुर्‍याउँछ : राष्ट्रपति
संविधानसभा अध्यक्ष नेम्वाङकाे अन्तिम संस्कार गरिँदै
संविधानसभा अध्यक्ष नेम्वाङकाे अन्तिम संस्कार गरिँदै
गौचन हत्याकाण्ड: कहाँ पुग्यो अनुसन्धान ?
गौचन हत्याकाण्ड: कहाँ पुग्यो अनुसन्धान ?
सरकारले तोक्यो च्याङ्ग्रा, खसी र बोकाको मूल्य
सरकारले तोक्यो च्याङ्ग्रा, खसी र बोकाको मूल्य
ग्यालेक्सी टेलिभिजनमा रहँदा रविले बुझे १ करोड ४ लाख रुपैयाँ तलब
ग्यालेक्सी टेलिभिजनमा रहँदा रविले बुझे १ करोड ४ लाख रुपैयाँ तलब
जनकपुरको सडकमा पैसा छर्ने दुवै महिलाको कोरोना रिपोर्ट ’नेगेटिभ’
जनकपुरको सडकमा पैसा छर्ने दुवै महिलाको कोरोना रिपोर्ट ’नेगेटिभ’