बियरको मुुल्य दुई लाख पचास हजार

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ ३, २०७६
|
|
१९ पटक हेरिएको
Shares
बियरको मुुल्य दुई लाख पचास हजार

सारांश

  • काठमाडौं– राजधानीको कमलादीस्थित ज्याक डेनियल डान्सबारका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
  • डान्सबारमा पुगेका बंगलादेशी नागरिकलाई ठगी गरेको अभियोगमा प्रहरीले सञ्चालकहरु किरण भण्डारी, मोहन गुरुङ र क्षितिज लामालाई पक्राउ गरेको हो ।
  • महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द बोगटीका अनुसार तीन जना बंगलादेशी नागरिक २७ गते राति डान्सबारमा पुगेका थिए ।

काठमाडौं– राजधानीको कमलादीस्थित ज्याक डेनियल डान्सबारका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।डान्सबारमा पुगेका बंगलादेशी नागरिकलाई ठगी गरेको अभियोगमा प्रहरीले सञ्चालकहरु किरण भण्डारी, मोहन गुरुङ र क्षितिज लामालाई पक्राउ गरेको हो ।महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द बोगटीका अनुसार तीन जना बंगलादेशी नागरिक २७ गते राति डान्सबारमा पुगेका थिए ।करीब एक घण्टा डान्सबारमा बस्दा जम्मा ४ वटा बियर र स्न्याक्स खाएर बिल माग्दा २ लाख ५० हजारको बिल थमाइएको थियो ।त्यसपछि अत्याधिक बिल कसरी आयो भन्दै बंगलादेशी नागरिकले संञ्चालकलाई प्रश्न गर्दा उल्टै मोबाइल र भएका नगद खासेर दुर्व्यवहार गर्दै पठाइएको बंगलादेशी नागरिकले प्रहरीमा बयान दिएका छन् ।

मोबाइल र नगद डान्सबार सञ्चालकले खोसेपछि उनीहरुले प्रहरीमा खबर गरेका थिए । करीब ११ बजे महानगरीय प्रहरी वृत्त दरबारमार्गका डीएसपी बिनोद घिमिरेको कमाण्डमा खटिएको टोलीले सञ्चालकहरु किरण भण्डारी, मोहन गुरुङ र क्षितिज लामालाई पक्राउ गरेको थियो ।उनीहरुमाथि म्याद थप गरेर थप अनुसन्धान भइरहेको परिसरका प्रवक्ता बोगटीले जानकारी दिए ।बोगटीका अनुसार यसअघि पनि बालाजु, नयाँ बसपार्क, ठमेललगायतका क्षेत्रमा यस्ता घटनाहरु हुने गरेका थिए ।रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?