सुष्मा स्वराजको नेपाल भ्रमण आकस्मिकः टोलीमा को–को ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १७, २०७४
|
११
|
२१ पटक हेरिएको
Shares
सुष्मा स्वराजको नेपाल भ्रमण आकस्मिकः टोलीमा को–को ?

सारांश

  • काठमाडौं, माघ १७ ।
  • भारतीय विदेशमन्त्री सुष्मा स्वराज दुईदिने भ्रमणको लागि नेपाल आउने भएकी छिन् ।
  • भोली १८, माघ अर्थात विहीबार उनी काठमाडौं आउन लागेकी हुन् ।

काठमाडौं, माघ १७ । भारतीय विदेशमन्त्री सुष्मा स्वराज दुईदिने भ्रमणको लागि नेपाल आउने भएकी छिन् । भोली १८, माघ अर्थात विहीबार उनी काठमाडौं आउन लागेकी हुन् ।

विशेष प्रयोजन नखुलेको कारण आकस्मिक भ्रमणमा स्वराज विशेष विमानबाट साँझ काठमाडौं आइपुग्ने कार्यक्रम तय भएको छ । स्रोतका अनुसार स्वराज सवार विशेष विमान अपरान्ह ३ देखि ४ बजेको बीचमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने बताएको छ ।

स्वराज २४ घण्टा काठमाडौंमा रहने भएपनि होटल तय भइनसकेको बताइएको छ । बत्तिसपुतलीस्थित होटल द्वारिकाजमा रहने सम्भावना रहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फागुन अन्तिम साता नेपाल आउने भएकाले मोदी भ्रमणको गृहकार्यका सिलसिलामा स्वराज काठमाडौं आउन लागेको बताइए पनि यसबारे आधिकारीक धारणा भने बाहिरिएको छैन् ।

स्वराजका साथ विदेश सचिव विजयकेशर गोखले, नेपाल डेक्सका प्रमुख सुधाखर दलेला, प्रवक्ता रविस कुमार र २ जना सञ्चारकर्मी आउने भएका छन् ।

स्वराजले काठमाडौं रहँदा राष्ट्रपति, प्रधानमन्त्री एमाले अध्यक्ष, माओवादी अध्यक्षलगायत अन्य नेताहरुसँग भेटघाट गर्ने बताइएको छ । उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शुक्रबार दिउँसो भेटवार्ता गर्ने भएकी छन् ।

विदेशमन्त्री स्वराजले राष्ट्रपति भण्डारीसँग शुक्रबार दिउँसो १२ बजे राष्ट्रपति भवन शीतल निवासमा भेटघाट गर्ने तय भएको स्रोतले बतायो । राष्ट्रपति भण्डारीसँगको भेटघाटमा भारतीय विदेश सचिव विदेशमन्त्री स्वराजका साथ विदेश सचिव विजयकेशर गोखले लगायत हुनेछन् । भेटघाट आधा घण्टादेखि ४५ मिनेटसम्म हुने बताइएको छ ।

राष्ट्रपतिलाई भेटिसकेपछि स्वराजले प्रधानमन्त्रीलगायत अन्य शीर्ष नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै बताएको छ ।

प्रतिक्रिया

11 कमेन्ट

    Comment Author

    Keshav Neupane

    एक मिटर कालो कपडाको आबस्यक्ता

    Comment Author

    Shyam Shubham Giri

    हाम्रो माहान राष्टबादी नेता महोदय ले चिठ्ठीमा को को पठाई दिन पर्यो भनेर लेख्नू भएको छ उही उही आय होलान नि

    Comment Author

    Raj Dangal

    स्वार्थ पुर्ण यात्रा नहोस !!!

    Comment Author

    Devraj Khatri

    Dashing Baksh garno vane India ko sapote cx

    Comment Author

    Mahendra Raj Malla

    बे मौसमी आगमन किन? यो चाहिं अती भयो।

    Comment Author

    Buddhipd Rai

    नेपाली Midea ले किन बुझ पचाएर यसरी भ्रामक समाचार दिन्छ हँ?
    भारतीय विदेश मन्त्रालयले 29 January 2018 मा जारी गरेको Press Release मा किटेर र ठोकेर थर्काउँदै यसरी खेकेको छ:
    ……..Special ties of friendship between INDIA and NEPAL”!!!!!
    सार्वभौम राष्ट्रहरु बिचको विशेष सम्बन्धले सार्वभौम राष्ट्रको सार्वभौमिकता स्खलन हुन्छ/सार्वभौमिका गुमेकै हुन्छ तर हिन्द हिन्दूस्थान India ले बि.स.2007 देखि हाल सम्म पनि निरन्तर रुपमा “भारत र नेपाल बिचको सम्बन्ध भनेको विशेष सम्बन्ध हो जो अरु राष्ट्रहरु बिचको सम्बन्ध भन्दा भिन्न र फरक सम्बन्ध हो”भनी आए पनि नेपालको शासकहरुले कहिल्यै खण्डन गरेनन र गरेका छैन बरु हो मा हो लोली बोली मिलाउँदै “जसो जसो भारु. त्यसै त्यसै नेरु.ले पनि भनी गरी आएकाछन्” कै कारण भारतीय शासकको आकस्मिक नेपाल भ्रमण हुने गर्दछ।

    Comment Author

    Pritam Bhandari

    छीमीकी पहुना welcome

    Comment Author

    Bhavishwor Pandey

    Jamana feriyo ke ho pahila hamraneta bhetana jan the ahile uniharuauna thale kehihola jastox.

    Comment Author

    Ram Kunar Rana

    india ko hepaha distikon ko baraima gambir chhalphal garnu paryo.

    Comment Author

    Ghimire Lekh Nath

    उदेस्य चाही के हो ? बे मोसम को भर्मन नेपाली रस्टवादी सक्ती चनाखो हुन आवस्यक !!!

    Comment Author

    Surya Shrestha

    ओलिले यश खप्परनीलाइ नभेटोस

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 11
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?