फोरम नेपाललाइ हराउन राजपाले चुनाबमा भाग नलिएको ठूलो खतर्नाक खुलाशा, !
सारांश
- काठमाडौं ।
- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता रवीन्द्र अधिकारीले असोज २गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचन अघि नै संविधान संशोधन गराउनकोलागि आफ्नो पार्टी गम्भिर रहेको बताएका छन् ।
- रिपोर्टर्स क्लबको साक्षात्कारमा उनले भने, ‘एमाले र राजपाबीचको सम्बन्ध सुमधुर हुनुपर्छ, अहिले सम्बन्ध अत्यन्तै राम्रो भैरहेको छ, विगतमा राजपाका साथीहरु कांग्रेस र माओवादीको प्रलोभनमा फस्नुभयो, एकचोटी होईन, दुईचोटी फस्नुभयो, त्यही भएर अहिले उहाँहरुको बुद्धि आएको छ, कांग्रेस र माओवादी गठबन्धनले उहाँहरुको भाग पूरा गर्न सकेनन् र सक्दैनन पनि ।
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता रवीन्द्र अधिकारीले असोज २गते हुने स्थानीय तहको तेस्रो चरणको निर्वाचन अघि नै संविधान संशोधन गराउनकोलागि आफ्नो पार्टी गम्भिर रहेको बताएका छन् ।
रिपोर्टर्स क्लबको साक्षात्कारमा उनले भने, ‘एमाले र राजपाबीचको सम्बन्ध सुमधुर हुनुपर्छ, अहिले सम्बन्ध अत्यन्तै राम्रो भैरहेको छ, विगतमा राजपाका साथीहरु कांग्रेस र माओवादीको प्रलोभनमा फस्नुभयो, एकचोटी होईन, दुईचोटी फस्नुभयो, त्यही भएर अहिले उहाँहरुको बुद्धि आएको छ, कांग्रेस र माओवादी गठबन्धनले उहाँहरुको भाग पूरा गर्न सकेनन् र सक्दैनन पनि ।’
उनले आफूले पाएको सूचना अनुसार राजपा नेपालले सरकारलाई दिएको समर्थन पनि एक दुई दिनभित्रै फिर्ता लिन गैरहेको पनि जानकारी दिए ।उनले आफूहरु बृहत सहमति निर्माण गरेर अघि बढ्न समेत तयार रहेको स्पष्ट पारे । अधिकारीले भने, ‘हामी आत्माआलोचित पनि हुन तयार छौं, हामीबाट गल्ती भएको हो भने क्षमा चाहन्छौं ।’
उनले अब राजपाको माँग सम्बोधन गर्नको लागि सबै दलहरुको सहमतिमा अघि बढ्नुपर्ने धारणा राखे ।यद्यपी उनले असोज २ गते हुने प्रदेश नम्बर दुईको निर्वाचन अघि वर्तमान देउवा–प्रचण्ड नेतृत्वको गठबन्धनले संविधान संशोधनको लागि आधारभुत सहमति समेत कायम गर्न नसक्ने ठोकुवा गरे । उनलेभने, ‘एमालेले सकेन वा गरेन भनेर अब हामी गर्छौं भनेर भनेका कांग्रेस र एमालेले केही गर्न सक्दैनन् भन्ने कुरा कम्तिमा हामीलाई पहिल्यै थाहा थियो, अहिले आएर राजपाले पनि थाहा पायो ।’
प्रतिक्रिया