बिहे गर्न नमानेको भन्दै युवतीमाथि तातो घिऊ आँखामा !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र १, २०७४
|
|
१९ पटक हेरिएको
Shares
बिहे गर्न नमानेको भन्दै युवतीमाथि तातो घिऊ आँखामा !

सारांश

  • काठमाडौं, १ चैत- विवाहको प्रस्ताव अस्वीकार गरेपछि कञ्चनपुरमा एक युवतीमाथि क्रुर हमला भएको छ।
  • आँखामा निर्धात कुटपिट गर्नुका साथै टाउको र मुखमा तातो घ्यू प्रहार गरिएको छ।
  • भीमदत्त नगरपालिका १० गड्डाचौकीका राकेश चन्दले भीमदत्त नगरपालिका–५ बनगाउँ भगवती टोलीकी २१ बर्षीय सुनिता चन्द(सोनी)को टाउको र आँखामा तातो घ्यू प्रहार गरिदिएका हुन।

काठमाडौं, १ चैत- विवाहको प्रस्ताव अस्वीकार गरेपछि कञ्चनपुरमा एक युवतीमाथि क्रुर हमला भएको छ। आँखामा निर्धात कुटपिट गर्नुका साथै टाउको र मुखमा तातो घ्यू प्रहार गरिएको छ।

भीमदत्त नगरपालिका १० गड्डाचौकीका राकेश चन्दले भीमदत्त नगरपालिका–५ बनगाउँ भगवती टोलीकी २१ बर्षीय सुनिता चन्द(सोनी)को टाउको र आँखामा तातो घ्यू प्रहार गरिदिएका हुन। आजको नागरिक दैनिकमा खबर छ ।

तातो घ्यू मुखमा परेपछि उनी सख्त घाइते भएकी छिन्। उनको बिहान महेन्द्रनगर आँखा अस्पतालमा उपचार हुन नसकेपछि गेटा आँखा अस्पताल रेफर गरिएको थियो। बुधबार पूजा गर्नका लागि घरमै घ्यू तताइरहेकी सुनिता चन्दमाथि राकेशले कुटपिट गर्नुका साथै तातो घ्यू मुखमा फालेर भागेको घर परिवारले जनाएको छ।

पीडित युवतीका दाजु शंकर चन्दले सुनितालाई राकेशले विवाहका लागि दबाब दिन पटक पटक घरमै आउने गरेको बताए। ‘सुनितासंग विवाह गर्छु भन्दै राकेश पटक पटक हाम्रो घर आउँथे,’ उनले भने, ‘वै परिवारको नजिकको नाता पर्ने भएकाले बिहे नहुने हुने थिएन्।’

पीडित युवतीका दाजु शंकरले गेटा आँखा अस्पतालमा उपचारपछि सुनितालाई घर ल्याईएको बताए। ‘बहिनीको दुवै आँखा अझै खुलेको छैन्, ‘उनले भने, ‘औषधिले केही सन्चो भएको छ। अस्पतालमा नियमित उपचार गनुुपर्ने देखिएको छ।’ घरपरिवारले दोषी उपर कडा कारबाहीको माग गरेका छन्। पीडित युवतीका आमा जयन्ती चन्दले आफूमाथि पनि कुटपिट गरेको गुनासो गरिन्। ‘जसरी मेरो छोरीमाथि प्रहार गरियो’, उनले भनिन्, ‘ठिक त्यसैगरी दोषीलाई सजाय हुनुपर्छ।’

राकेशले पटक पटक आफूसंग विवाह गर्नुपर्ने भन्दै छोरीमाथि कुटपिट गर्ने गरेको बताउँदै यसअघि जिल्ला प्रहरी कार्यालयबाट मिलापत्र गरिएको समेत बताए। ‘तीन महिनाअघि पनि राकेशले छोरीलाई कुटेका थिए’, आमा जयन्तीले भनिन्, ‘अब उपरान्त कुटपिट नगर्ने बचन दिएका थिए, फेरि आएर कुटे।’ राकेश विवाहित युवक हुन्।

महेन्द्रनगरको कञ्चन विद्या कलेजमा अध्ययनरत सुनिता अहिले घरमै बसेकी थिइन्।  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक ज्ञान बहादुर सेठीले घटनाको प्रहरीले गम्भिर अध्ययन गरिरहेको बताए। उनका अनुसार अभियुक्तको खोजी भइरहेको छ। राकेशमाथि ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दायर हुने कञ्चनपुर प्रहरीले जनाएको छ। युवतीमाथि अमानवीय क्रुर तरिकाले कुटपिट गरिएको भन्दै घटनाको सर्वत्र बिरोध भइरहेको छ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Silwal Nick Dipend

    yesta pasu harulaie sarkaar le kina faasi didaina ha?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देवदह, डडेलधुरा, कपिलवस्तु, महाराजगंज, अर्घाखाँची, कैलाली, इटहरी, धनकुटा,बाजुराको ताजा मत पारीणाम
देवदह, डडेलधुरा, कपिलवस्तु, महाराजगंज, अर्घाखाँची, कैलाली, इटहरी, धनकुटा,बाजुराको ताजा मत पारीणाम
उपनिर्वाचनका लागि पर्यवेक्षक संस्थालाई आह्वान
गुल्मीमा एमालेको गढ भत्कियो, गठबन्धनमा माओवादी केन्द्रको एक स्थानीय तह थपियो
गुल्मीमा एमालेको गढ भत्कियो, गठबन्धनमा माओवादी केन्द्रको एक स्थानीय तह थपियो
दक्षिण कोरियाली राष्ट्रपतिद्वारा उत्तरसँग वार्ता प्रस्ताव
दक्षिण कोरियाली राष्ट्रपतिद्वारा उत्तरसँग वार्ता प्रस्ताव
दुई युवतीलाई २३ वर्षअघि भारतको वेश्यालयमा बेच्ने व्यक्ति पक्राउ
दुई युवतीलाई २३ वर्षअघि भारतको वेश्यालयमा बेच्ने व्यक्ति पक्राउ
डा. गोविन्द केसीले शुरु गरे १५औं अनसन- प्रदेश २ लगायत यी ६ ठाउँमा मेडिकल कलेज माग
डा. गोविन्द केसीले शुरु गरे १५औं अनसन- प्रदेश २ लगायत यी ६ ठाउँमा मेडिकल कलेज माग
नेकपाको कार्यालय तत्काल हटाउन कांग्रेसको चेतावनी
नेकपाको कार्यालय तत्काल हटाउन कांग्रेसको चेतावनी
मन्त्री लालबाबु किन पुगे डिल्लीबजार मालपोत !
मन्त्री लालबाबु किन पुगे डिल्लीबजार मालपोत !
एमाले-पूर्वएमाले १९ ठाउँमा कडा प्रतिस्पर्धा
एमाले-पूर्वएमाले १९ ठाउँमा कडा प्रतिस्पर्धा
रुखबाट खसेर एकको मृत्यु

तपाईंले छुटाउनुभयो कि?