मान्छे नडुब्ने मृतसागर अरब विकासको कसरी बन्यो माध्यम

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ४, २०७४
|
|
३६ पटक हेरिएको
Shares
मान्छे नडुब्ने मृतसागर अरब विकासको कसरी बन्यो माध्यम

सारांश

  • ‘डेड सी’ अर्थात मृतसागर, दक्षिण पस्चिम एशियामा अवस्थित मृतसागर जोर्डन र इजरायलको सीमामा रहेको छ ।
  • यो सागरको पूर्वी तट जोर्डनको नियन्त्रणमा छ भने पस्चिमी तटको दक्षिणी भाग इजरायलको अधिकार क्षेत्र हो ।
  • मृतसागरको उत्तरी भाग भने प्यालेष्टाइनको पस्चिम ब्यांक क्षेत्रमा पर्दछ ।

‘डेड सी’ अर्थात मृतसागर, दक्षिण पस्चिम एशियामा अवस्थित मृतसागर जोर्डन र इजरायलको सीमामा रहेको छ । यो सागरको पूर्वी तट जोर्डनको नियन्त्रणमा छ भने पस्चिमी तटको दक्षिणी भाग इजरायलको अधिकार क्षेत्र हो । मृतसागरको उत्तरी भाग भने प्यालेष्टाइनको पस्चिम ब्यांक क्षेत्रमा पर्दछ । यद्दपि सन् १९६७ को अरब–इजरायल युद्धदेखि प्यालेष्टाइनको यो क्षेत्र पनि इजरायलको नियन्त्रणमै छ । यसलाई स्थानियहरु नुनिलो तालको नामले पनि चिन्दछन् । सामान्यतः समुन्द्रको पानीमा दुईदेखि तीन प्रतिशत नुनको मात्रा हुने गर्दछ ।

तर मृतसागरमा नुनको मात्रा २५ प्रतिशत भन्दा बढी रहेको पाइन्छ । १८ किलोमिटर चौडाई तथा ६५ किलोमिटर लम्बाई भएको मृतसागर सन्सारकै सबैभन्दा होचो स्थान हो । पानीमा भएको उच्च घनत्वका कारण केहिपनि चिजबस्तु मृतसागरमा सजिलै डुब्दैन । यसको पानीमा माछाहरु जिवित रहन पनि सक्दैनन् । जम्मा ११ प्रजातिका जीव यहाँ पाइन्छन् । खनिजले भरिएको यो सागर स्वास्थ्यका लागि अत्यन्त उपयुक्त मानिन्छ । यसको सतह वा वरपरको माटो सुन्दरता सामाग्रीको रुपमा प्रशिद्ध छ । मृतसागरमा जम्मा हुने पानी उत्तर–दक्षिण हँुदै जोर्डन नदीबाट बहन्छ ।

मृतसागर पृथ्वीको सबैभन्दा होचो स्थानमा पर्दछ । यो पृथ्वीमा भएका जलाशय यूक्त कुनै पनि स्थानहरु मध्ये सबैभन्दा होचो पनि हो । बीशौ सताब्दीको मध्यतिर गरिएको गणनाले मृतसागरको गहिराई समुन्द्र सतहभन्दा करिब ४ सय मिटर तल देखाएको छ । भूगर्भशास्त्रीहरुले मृतसागरको गहिराई वर्षेनी करिब एक मिटरको दरले बढिरहेको पनि बताएका छन् । यो सागर मरुभूमि रहेको स्थानमा पर्दछ । यहाँ अत्यन्तै बिरलै पानी पर्छ । यहाँ वर्षमा दुई दशमलब पाँच इन्चमात्र वर्षा हुन्छ । गहिरो भएकाले मृतसागरको तापक्रममा खासै भिन्नता पाईदैन ।

जाडोमा १४ डिग्री सेन्टिगे्रटको अनुपातमा रहने यहाँको तापक्रम गर्मीमा करिब ३५ डिग्रीको अवस्थामा रहन्छ । मृतसागरले त्यहाँ रहेका मुलुकलाई औद्योगिक योगदान समेत दिएको छ । इजरायलले यहि सागरको पानीबाट बिभिन्न प्रकारका रसायनीक उत्पादनहरु बनाउछ भने यहाँबाट नुनको ब्यापार गरेर धेरै मुलुकले आम्दानी गरेका छन् । विश्वभरका पर्यटकका लागि पनि मृतसागर एक महत्वपूर्ण गन्तब्य बनेको छ । हजारौ पर्यटक वर्षेनी यसको भ्रमणमा निस्कन्छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?