छैटौँ तारेभीर महोत्सवको तयारी शुरु

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर ३०, २०७६
|
|
२८ पटक हेरिएको
Shares
छैटौँ तारेभीर महोत्सवको तयारी शुरु

सारांश

  • नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर राजधानीमा रहेको पर्यटकीयस्थल तारेभीरमा ‘छैटौँ तारेभीर पर्यटन महोत्सव’ आयोजना गरिने भएको छ ।
  • विसं २०७१ देखि प्रत्येक वर्ष माघ १ गते तारेभीरमा महोत्सव गर्दै घ्यू चाकु दिवससमेत मनाउन लागिएको हो ।
  • यसवर्ष भ्रमण वर्षको अवसर पारेर प्रदेश नं ३ सरकार, गोकर्णेश्वर नगरपालिकालगायत निकायको समेत सहयोगमा महोत्सव सफल बनाउने विषयमा आज प्रारम्भिक भेला गरी छलफल गरिएको प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले राससलाई जानकारी दिनुभयो ।

नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर राजधानीमा रहेको पर्यटकीयस्थल तारेभीरमा ‘छैटौँ तारेभीर पर्यटन महोत्सव’ आयोजना गरिने भएको छ ।

विसं २०७१ देखि प्रत्येक वर्ष माघ १ गते तारेभीरमा महोत्सव गर्दै घ्यू चाकु दिवससमेत मनाउन लागिएको हो । यसवर्ष भ्रमण वर्षको अवसर पारेर प्रदेश नं ३ सरकार, गोकर्णेश्वर नगरपालिकालगायत निकायको समेत सहयोगमा महोत्सव सफल बनाउने विषयमा आज प्रारम्भिक भेला गरी छलफल गरिएको प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले राससलाई जानकारी दिनुभयो ।

महोत्सवका लागि प्रदेश सरकारले रु पाँच लाख र नगरपालिकाले रु तीन लाख सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । वडा नं. ३ मा पर्ने तारेभीरबाट उपत्यकाका सबै स्थानको दृश्य देख्न सकिन्छ । महोत्सवलाई सफल पार्न सफाइ अभियान आजैदेखि शुरु भएको जनाइएको छ । महोत्सवमा साहित्य सम्मेलन, तस्वीर, स्थानीय उत्पादन, तामाङ जातिको खाना, सामान र वेषभूषा प्रदर्शनी गरिनेछ । महोत्सव आगामी पुस २८, २९ र माघ १ गते तीन दिनसम्म भव्यरुपमा गर्ने विषयमा पुस ५ गते थप छलफलसमेत गरिने प्रदेशसभा सदस्य फुयाँलले जानकारी दिनुभयो ।

महोत्सव सफल पार्न यसवर्ष तारेभीर महिला समूहले विशेष सक्रियता देखाएको छ । महोत्सव अघि नै गोकर्णबाट तारेभीर पुग्ने करिब १० किमी सडक कालोपत्रे गर्ने तयारी भइरहेको छ । भूकम्पले क्षति पुगेको यो सडक राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको रु २९ करोड लागतमा निर्माण भइरहेको हो । बढी पानी आइरहने भिरालो स्थानमा ढलान गरी सडक पूर्वाधार निर्माण गर्न अनुरोध गरिएको वडा नं. ३ का अध्यक्ष राजेन्द्र भण्डारीले जानकारी दिनुभयो । सडक निर्माणमा ढिलाइ हुँदा स्थानीयवासीलाई आवतजावतमा समस्या भएको उहाँले सुनाउनुभयो ।

महोत्सव समापन समारोहमा पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रमुख अतिथिका रुपमा निमन्त्रणा गरिएको आयोजक समितिले जनाएको छ । तामाङ समुदायको बाहुल्यता रहेको तारेभीर शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको भागमा पर्दछ ।

तारेभीर नजिकै बूढानीलकण्ठ नगरपालिकाको सीमा पनि जोडिने भएकाले पुस ५ गतेको भेलामा दुवै नगरपालिकाका निर्वा्चित जनप्रतिनिधिलाई समेत छलफलका लागि डाकिएको जनाइएको छ । फुयाँल संविधानसभा सदस्य हुनुभएका बेला विसं २०७१ मा विशेष पहल गरी महोत्सव शुरु भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालमा फाष्टट्र्याक बनाउँछु भन्ने कम्पनी टाट पल्टिँदा भारतीय शेयर बजार प्रभावित
नेपालमा फाष्टट्र्याक बनाउँछु भन्ने कम्पनी टाट पल्टिँदा भारतीय शेयर बजार प्रभावित
सरकारी गाडीकाे ठक्करबाट साइकल यात्रीको मृत्यु !
सरकारी गाडीकाे ठक्करबाट साइकल यात्रीको मृत्यु !
नारायणगढ–मुग्लिन सडकमा अब भित्तो काट्नुपर्ने
नारायणगढ–मुग्लिन सडकमा अब भित्तो काट्नुपर्ने
‘डोरमणिले राजा ज्ञानेन्द्रको पारामा मलाई हप्काएपछि मैले पनि चर्को स्वर निकालेको हूँ’ : केशव स्थापित (भिडियाे सहित)
‘डोरमणिले राजा ज्ञानेन्द्रको पारामा मलाई हप्काएपछि मैले पनि चर्को स्वर निकालेको हूँ’ : केशव स्थापित (भिडियाे सहित)
जो बाइडन र सी जिन्पिङको क्यालिफोर्निया भेटबाट के अपेक्षा गर्न सकिन्छ?
जो बाइडन र सी जिन्पिङको क्यालिफोर्निया भेटबाट के अपेक्षा गर्न सकिन्छ?
२३ वर्षपछि चुनावी प्रतिस्पर्धामा पूर्वसभामुख ढुङ्गाना  2017-11-02 16:45
२३ वर्षपछि चुनावी प्रतिस्पर्धामा पूर्वसभामुख ढुङ्गाना 2017-11-02 16:45
खेर गएको पातको दुनाटपरी आम्दानीको स्रोत बन्दै
खेर गएको पातको दुनाटपरी आम्दानीको स्रोत बन्दै
पत्रकार सुविद गुरागाईँको अनुभव: श्रीनिवासलाई प्रहरी प्रमुखले यसरी धम्क्याएका थिए
पत्रकार सुविद गुरागाईँको अनुभव: श्रीनिवासलाई प्रहरी प्रमुखले यसरी धम्क्याएका थिए
फिल्म ‘बेहुली फ्रम मेघौली’ को ‘उडायो मन’ गीत सार्बजनिक
फिल्म ‘बेहुली फ्रम मेघौली’ को ‘उडायो मन’ गीत सार्बजनिक
विपद्को सामना गर्न सबै पक्ष मिलेर अगाडि बढ्नुपर्छः प्रधानमन्त्री ओली
विपद्को सामना गर्न सबै पक्ष मिलेर अगाडि बढ्नुपर्छः प्रधानमन्त्री ओली

तपाईंले छुटाउनुभयो कि?