बीमा नगरेका केरा किसानको लाखौंको नोक्सान
सारांश
- सुर्य प्रसाद अधिकारी असार २२, चितवन।
- गएको जेष्ठमा आएको हावाहुरीले चितवनमा झण्डै ५ करोड बराबरको क्षति भएको चितवन केरा उत्पादक संघले जानकारी दिएको छ ।
- हाल चितवनमा ६३० संघमा आबद्ध भएका सदस्य मध्ये २१३ जना किसानले मात्रै बीमा गरेका छन, बांँकी ४१७ जनाको बीमा भएको छैन।
सुर्य प्रसाद अधिकारी
असार २२, चितवन।
गएको जेष्ठमा आएको हावाहुरीले चितवनमा झण्डै ५ करोड बराबरको क्षति भएको चितवन केरा उत्पादक संघले जानकारी दिएको छ । हाल चितवनमा ६३० संघमा आबद्ध भएका सदस्य मध्ये २१३ जना किसानले मात्रै बीमा गरेका छन, बांँकी ४१७ जनाको बीमा भएको छैन। अधिकांश बीमा नगरेका किसानको हावाहुरीले गर्दा लाखौंको नोक्सान हुन पुगेको छ।
पुर्वी चितवनका केरा किसान लोकनाथ दाहालले करीब साढे ४ बिगाहा क्षेत्रफलमा लगाएको केराखेती पुर्णरुपमा क्षति भएको छ । “मेरो झण्डै साढे ४ बिगामा केराखेती गरेको थिए, उनले भने, बीमा गर्छुभन्दा भन्दै सबै केरा हावाहुरीले ढलायो , मलाई पछुतो लागेको छ” । सरकारले खेराखेती किसानको लागि ९० प्रतिशत क्षतिपुर्ती दिने घोषणा गरेको थियो ।
संघका अध्यक्ष बिष्णुहरी पन्तका अनुसार क्षत्ती हुने किसानहरुमा बीमा गरेका भन्दा नगरेका किसान बढी छन । “हामीले पटक पटक घरमै गएर बीमा गर्नु भनेर अनुरोध गरेका हौं उनले भने , उनीहरुकै ढिलासुस्ती कारण अहिले क्षति बेहोर्नुपर्यो” । अधिकांश किसानहरुले जग्गा भाडामा लिएर खेती गरेका छन , जसले गर्दा आवश्यक कागजजात मिलाउन नसक्दा क्षति पुग्न गएको किसानहरु बताउंँछन।
यस्तै अर्का किसान रामचन्द्र दवाडीको १२ बिगाहामा केराखेती लगाएको मध्ये ९०० केराबोट क्षति भई झण्डै ४ लाख क्षति भएको दुखेसो पोखे । “ पहिलो चोटी केरा लगाईयो उनले भन,े यस्तो क्षति हुन्छ भन्ने कसले सोचेको थियो र? अव उनले चाडैनै बीमा गर्ने बाचा गरे । उनीहरु जस्तै ४० जना किसानको पीडा उस्तै छ जसले गर्दा उनीहरुले क्षतिपुर्ती त परै जाहोस केही राहतसम्म पाएका छैनन ।
गएको जेठ महिनामा आएको भीषण हावाहुरीका कारण ठुलो नोक्सान केरा किसानले बेहोरेका छन। यहाँको प्रारम्भिक तथ्यांक अनुसार रु ४ करोड भन्दा बढी केरा क्षति भएको अनुमान छ । त्यसमध्ये पनि ४० प्रतिशत हाराहारीमा विमा नगरेका किसानको क्षति भएको अनुमान अध्यक्ष पन्तको छ ।
जेठ ३१ मा आएको हावाहुरीले ५० हजार बोट क्षति भएको मध्ये झण्डै २० हजार बोट बिमा नगर्ने किसानको क्षति भएको उनले बताए । यो लागत मुल्य करिव रु ४० लाख हो भने हालको उत्पादन मुल्य अनुमानित करिव रु १ करोडको पर्न आउँछ । तर यकिन तथ्यांक अझै आईसकेको छैन । जिल्लाको पुर्वी चितवन, पश्चिम चितवन र रामनगर क्षेत्रमा व्यवसायिक केराखेती गरिदै आएतापनि गएको हावापुरीले पुर्वी चितवनको चैनपुर र पिठुवा क्षेत्रका किसानहरुको केराखेती पुर्णरुपमा क्षति भएको पन्तको भनाई छ ।
बीमा नगर्ने किसानहरुले कहींबाट राहत नपाउने हुँदा ती किसान आफैंले पूर्णक्षति बेहोर्नुपर्ने बाध्यता छ । अन्य बीमा गरेका किसानहरुको हकमा भने विभिन्न बीमा कम्पनीले क्षतिको विवरण संकलन गरिरहेको संघका निवर्तमान अध्यक्ष यज्ञ सुवेदी बताउंँछन ।बीमा गर्ने किसानका लागि क्षतिको ९० प्रतिशतसम्म बिमाबाट रकम आउने गर्छ ।
यस्तै चितवन जिल्लामा १ बर्षभित्र मात्रै २ सय विगाहामा केरा खेतीको बिस्तार भएको छ । चितवन केरा उत्पादक संघका अनुसार अघिल्लो बर्ष २ हजार ४०० विगाहामा केरा खेती भएकोमा यो बर्ष क्षेत्रफल विस्तार भई २ हजार ६२० विगाहा पुगेको हो । बीमा सुविधाले गर्दा नयांँ किसान लगायत अन्य किसानहरु आर्कषित भएतापनि जिल्लामा भएको जग्गा खण्डीकरण र जग्गा भाडा बढेका कारण चुनौति थपिएको व्यवसायीहरुको गुनासो छ। जिल्लामा बर्षमा झण्डै १ अर्ब बराबरको केराको कारोबार हुँदै आएको छ ।
प्रतिक्रिया