३५ वर्षपछि पेरू विश्वकपमा
सारांश
- सन् १९८२ पछि पेरू विश्वकपमा छनोट हुँदा प्ले अफमा न्युजिल्यान्ड २–० ले पराजित – पेरुले ३५ वर्षपछि विश्वकप फुटबल प्रतियोगिताको स्थान सुरक्षित गरेको छ ।
- पेरुले बुधबार प्ले अफमा न्युजिल्यान्डलाई २–० ले हराउँदै विश्वकपको स्थान पक्का गरेको हो ।
- विश्वकपमा छनोट हुने पेरु अन्तिम राष्ट्र हो ।
सन् १९८२ पछि पेरू विश्वकपमा छनोट हुँदा प्ले अफमा न्युजिल्यान्ड २–० ले पराजित –
पेरुले ३५ वर्षपछि विश्वकप फुटबल प्रतियोगिताको स्थान सुरक्षित गरेको छ । पेरुले बुधबार प्ले अफमा न्युजिल्यान्डलाई २–० ले हराउँदै विश्वकपको स्थान पक्का गरेको हो । विश्वकपमा छनोट हुने पेरु अन्तिम राष्ट्र हो । पेरुको छनोट भएलगत्तै अर्को वर्ष रसियामा हुने विश्वकपमा सहभागिता जनाउने ३२ राष्ट्रको छिनोफानो भएको छ । दुवैबीच पहिलो लेग गोलरहित बराबरी भएको थियो ।
पेरूमा राष्ट्रिय उत्सव
लगभग साढे तीन दशकपछि विश्वकपमा पुगेपछि पेरुमा राष्ट्रिय उत्सवजस्तै माहोल बनेको छ । राष्ट्रपति पेड्रो कुजेस्कीले न्युजिल्यान्डमाथिको ऐतिहासिक जितपछि पेरुमा राष्ट्रिय दिवस मनाउने घोषणा गरेका छन् । ‘धेरै समयपछि पेरुका जनता खुसी भएका छन्, म व्यक्तिगत रूपमा फुटबललाई धन्यवाद दिन चाहन्छु,’ राष्ट्रपति पेड्रोले ट्विटरमा लेखेका छन्, ‘अब म पनि जनतासँगै खुसी मनाउनेछु ।’ सन् १९८२ मा पेरुले अन्तिमपटक विश्वकपमा सहभागिता जनाएको थियो । त्यसयता पेरु दक्षिण अमेरिकी विश्वकपमा छनोट भएको थियो । यसपटक पाँचौँ स्थानमा रहँदै पेरुले प्ले अफ खेल्ने अवसर पाएको थियो । पेरु पाँचौँ स्थानमा रहँदा लगातार दुईपटकको कोपा अमेरिका विजेता चिली स्तब्ध भएको थियो ।
रातभरि सडकमा खुसियाली
पेरुले लिमामा सानदार जित निकालेपछि मुख्य सडकमा हजारौँ समर्थकले विजयी उत्सव मनाएका छन् । पेरुका फुटबल समर्थकले पछिल्लो शक्तिशाली भूकम्पसमेत भुलाएका छन् । ‘विश्वकपमा छनोट भएपछि हामीले लिमामा आएको भूकम्प भुलेका छौँ,’ पेरुका समर्थकहरूले भने, ‘हामीले फुटबलमा अर्को शक्तिशाली भूकम्प ल्याएका छौँ, जुन अघिल्लोपटकभन्दा निकै शक्तिशाली छ ।’
प्रतिक्रिया