नेकपाको संसदीय दलको नेता चुनिए प्रधानमन्त्री ओली
सारांश
- काठमाडौं, ५ जेठ ।
- नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको नेतामा प्रधानमन्त्री केपी शर्मा ओली चयन भएका छन् ।
- आज नेकपाको संसदीय दलको बैठकले प्रधानमन्त्री ओलीलाई दलको नेतामा सर्वसम्मत रुपमा चयन गरेको हो ।
काठमाडौं, ५ जेठ । नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको नेतामा प्रधानमन्त्री केपी शर्मा ओली चयन भएका छन् ।
आज नेकपाको संसदीय दलको बैठकले प्रधानमन्त्री ओलीलाई दलको नेतामा सर्वसम्मत रुपमा चयन गरेको हो । नेकपाका नेता देवप्रसाद गुरुङले प्रधानमन्त्री ओलीलाई दलको नेतामा चयन गर्न प्रस्ताव गरेका थिए । त्यसपछि सबै सांसदहरुले समर्थन जनाएका थिए ।
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को एकीकरण घोषणा भएपछि संसदीय दलको नेता चुन्नपर्ने वैधानिक व्यवस्था रहेको छ । 
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया