आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १५, २०८१
|
|
४१ पटक हेरिएको
Shares
आगामी निर्वाचनमा एक्लै लड्ने माओवादी केन्द्रको निर्णय

सारांश

  • काठमाडौं।
  • नेकपा माओवादी केन्द्रले आगामी चुनाव एक्लै लड्ने निर्णय गरेको छ।
  • शुक्रबारदेखि केन्द्रीय मूख्यालय पेरिसडाडाँमा बसेको पदाधिकारी बैठकले आगामी २०८४ को चुनाव एक्लै लड्ने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

काठमाडौं। नेकपा माओवादी केन्द्रले आगामी चुनाव एक्लै लड्ने निर्णय गरेको छ। शुक्रबारदेखि केन्द्रीय मूख्यालय पेरिसडाडाँमा बसेको पदाधिकारी बैठकले आगामी २०८४ को चुनाव एक्लै लड्ने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

पाँच दिनसम्म चलेको बैठक समापन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक्लै चुनाव लड्ने निष्कर्ष सुनाएका हुन् । सरकारबाट हट्नुपर्ने परिस्थतिले एक्लै चुनाव लड्ने तयारी गर्न अवसर समेत मिलेको प्रचण्डले बताएका छन्।

‘आगामी निर्वाचनमा एक्लै चुनाव लड्नेगरी तयारी गर्नुपर्छ, जसले गर्दा हाम्रा विचारहरु, हाम्रा राजनीतिक कार्यदिशाहरु, हाम्रा दृष्टिकोणहरु जनतामा सोझै पुग्न सकियोस्’, बैठकको निर्णय जानकारी दिदै प्रवक्ता सापकोटाले भने।

यसअघि चुनावी गठबन्धन गर्दा पार्टीको विचार र सिद्धान्तहरु जनतामा लैजान अप्ठ्यारो परेको उनले बताए। तर एक्लै चुनाव लड्दा पार्टीको कुरा जनतामा राख्न सकिने अवसर मिल्ने निष्कर्ष समेत बैठकले निकालेको छ । ‘हामीले के निष्कर्ष निकालेका छौं भने यो जनतामा जाने सूवर्ण अवसर पनि हो’, सापकोटाले भने।

बैठकले वामपन्थी सहकार्य र एकताको पहलकदमी पनि नछोड्ने पनि निर्णय गरेको छ । ‘देशभक्त र अग्रगामीहरुको संयुक्त मोर्चा पनि बनाउनुपर्छ, साथसाथै कम्युनिष्ट पार्टीको पुनर्गठनका निम्ति निरन्तर निरन्तर गरिरहनुपर्छ’, उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विप्लव समूहका जिल्ला सक्रेटरी पक्राउ
विप्लव समूहका जिल्ला सक्रेटरी पक्राउ
पहिलो चरण चुनाव : प्रत्यक्षतर्फको मतपत्रको छपाई सकियो
पहिलो चरण चुनाव : प्रत्यक्षतर्फको मतपत्रको छपाई सकियो
कश्मिर मुद्दामा पाकिस्तानलाई इरानको समर्थन !
कश्मिर मुद्दामा पाकिस्तानलाई इरानको समर्थन !
भूमिसुधार मन्त्री दहित–कार्यशाला उद्घाटन
भूमिसुधार मन्त्री दहित–कार्यशाला उद्घाटन
सरकारी चिकित्सकले निजी क्लिनिक सञ्चालन नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
सरकारी चिकित्सकले निजी क्लिनिक सञ्चालन नगर्न स्वास्थ्य मन्त्रीको निर्देशन
ताेकिएभन्दा यती थाेरै तलब पाउछन् सेक्युरिटी गार्ड
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललार्ई कोरोना संक्रमण, थप उपचारका लागि काठमाडौँमा लगियो
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललार्ई कोरोना संक्रमण, थप उपचारका लागि काठमाडौँमा लगियो
निर्वाचन परिणाम हेर्नुहोस कहाँ कस्तो ??ताजा नजिता !
एसिया कप क्रिकेटः फाइनलमा भारत र बंगलादेश भिड्दै, लयमा ब्याटिङ् गर्दै बंगलादेश !
एसिया कप क्रिकेटः फाइनलमा भारत र बंगलादेश भिड्दै, लयमा ब्याटिङ् गर्दै बंगलादेश !
नेताका कुरा मात्र भन्ने भ्रम पर्छ होला: पुष्पकमल दाहाल
नेताका कुरा मात्र भन्ने भ्रम पर्छ होला: पुष्पकमल दाहाल