‘जनयुद्ध’मा यसरी जोगाएकी थिइन् प्रचण्डलाई सीताले

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २९, २०८०
|
|
१८ पटक हेरिएको
Shares
‘जनयुद्ध’मा यसरी जोगाएकी थिइन् प्रचण्डलाई सीताले

सारांश

  • काठमाडौं।
  • सीता दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जीवनसंगिनी मात्रै नभएर प्रचण्डलाई प्रचण्ड बनाउन पनि उनको ठूलो भूमिका रहेको छ ।
  • चाहे सशस्त्र ‘जनयुद्ध’का बेला होस्, चाहे शान्तिपूर्ण राजनीतिमा, उनले प्रचण्डलाई आफूले जानेको सल्लाह र सुझाव दिइरहिन् ।

काठमाडौं। सीता दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जीवनसंगिनी मात्रै नभएर प्रचण्डलाई प्रचण्ड बनाउन पनि उनको ठूलो भूमिका रहेको छ । चाहे सशस्त्र ‘जनयुद्ध’का बेला होस्, चाहे शान्तिपूर्ण राजनीतिमा, उनले प्रचण्डलाई आफूले जानेको सल्लाह र सुझाव दिइरहिन् ।

१५ वर्षकै उमेरमा प्रचण्डलसँग वैवाहिक जीवनमा बाँधिएकी सीता २०२८ सालदेखि नै कम्युनिस्ट आन्दोलनमा आबद्ध भएकी थिइन् । उनी जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै पछिल्ला दिनमा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार थिइन् ।

मूल्यांकन मासिकका लागि राजेन्द्र महर्जन, चन्द्र खाकी र चन्द्रलाल गिरीसँग उनले केही वर्षअघि आफ्नो विवाह, पारिवारिक जिन्दगी, राजनीतिमा प्रवेश, सशस्त्र जनयुद्धका पल र शान्ति प्रक्रियामा आएपछिको जीवन’ खुलेर बोलेकी थिइन् । यो अन्तर्वार्तापछि ‘जनयुद्धका नायक’ पुस्तकमा समेत प्रकाशित गरिएको थियो ।

‘जनयुद्ध’ ताका नेपालमा र भारतमा आफूले प्रचण्डलाई कसरी सुरक्षित गराएको जस्ता घटना पनि उनले अन्तर्वार्तामा सम्झिएकी छन् ।

‘त्यस्ता घटना त धेरै छन् । ठ्याक्कै मेरो बलले उनलाई बचाएका मुख्यतः दुइटा घटना छन् । एकपटक सात वर्षअगाडि भारतमा अल कायदाको खुब चर्चा र खोजी भइरहेको थियो । उहाँ र म दिल्लीबाट गोरखपुर आउँदै थियौं । रेलको एउटा सिटमा हामी दुई जना सुतेर आएका थियौं । एउटाको टाउको अर्कोको खुट्टायता बनाएर, उल्टोपाल्टो हुँदै । त्यहाँ इन्डियन प्रहरीले रेलका सारा महिला, बच्चा, वृद्धदेखि लिएर कागजपत्रसमेतको सम्पूर्ण जाँच गर्दै थियो ।

उनले हाम्रो ठूलो झोलामा माओवादी डकुमेन्ट, पुस्तक र लेख राखेर ल्याउनुभएको थियो । मैले दिल्लीमा नै उनलाई भनेकी थिएँ, ‘अहिले किताब नलैजाऔं । हाम्रो स्टाफपछि आउँदै हुनुहुन्थ्यो । बाइचान्स चेक भयो भने सबै पर्छ । तपाईं नबोक्नुस् ।’ यति भन्दाभन्दै उनले लिएर आइहाल्नुभयो केही हुन्न भनेर । उनले रेलमा ती सबै सामान सिरानीमा हालेर बसेकी थिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्वास्थ्य सेवा बिभागका उपमहानिर्देशक कर्मचारीसँग घुस लिदै गर्दा पक्राउ …
स्वास्थ्य सेवा बिभागका उपमहानिर्देशक कर्मचारीसँग घुस लिदै गर्दा पक्राउ …
किन सधैँ झगडा हुन्छ हाम्रो मायामा भन्दै राजकुमार बानिया र गीता सेन्चुरी
किन सधैँ झगडा हुन्छ हाम्रो मायामा भन्दै राजकुमार बानिया र गीता सेन्चुरी
मिलन विष्टको दिलको भित्तामा कार्टून्ज क्रिउ ।
संगठन बनाउन हिँडेका क्रान्तिकारीका नेता उतै लागे सरसफाइमा
संगठन बनाउन हिँडेका क्रान्तिकारीका नेता उतै लागे सरसफाइमा
पुरूषलार्इ  प्याड बितरण , कसरी कता लगाउने ?
पुरूषलार्इ प्याड बितरण , कसरी कता लगाउने ?
०२२ मा कतारमा हुने विश्वकपको सुरक्षा नेपाली सुरक्षा गार्डले गर्ने !
०२२ मा कतारमा हुने विश्वकपको सुरक्षा नेपाली सुरक्षा गार्डले गर्ने !
गृहजिल्लामा सभामुख र उपसभामुखलाई सम्मान
गृहजिल्लामा सभामुख र उपसभामुखलाई सम्मान
गौचरण हुनबाट जोगाउन गोकर्ण रिर्सोटको म्याद थप गरेको नेपाल ट्रस्टको स्पस्टोक्ति
गौचरण हुनबाट जोगाउन गोकर्ण रिर्सोटको म्याद थप गरेको नेपाल ट्रस्टको स्पस्टोक्ति
सदस्यता : २०१० सालमा मोहनविक्रमले लिए, ६० वर्षपछि कमलराजले लिए
सदस्यता : २०१० सालमा मोहनविक्रमले लिए, ६० वर्षपछि कमलराजले लिए
ट्याक्सीमान्डुले संचालनमा ल्यायो निःशुल्क शौचालाय
ट्याक्सीमान्डुले संचालनमा ल्यायो निःशुल्क शौचालाय

तपाईंले छुटाउनुभयो कि?