बुढानिलकण्ठकी युवतीको नारायणीमा डुबेर मृत्यु
सारांश
- चितवन, १७ असार – भरतपुरमा नदीमा पौडिने क्रममा काठमाडौं बुढानिलकण्ठकी एक युवतीको डुबेर मृत्यु भएको छ ।
- भरतपुर महानगरपालिका–१ देवघाटमा पौडी खेल्ने क्रममा नदीमा डुबेर बुढानिलकण्ठ घर भएकी संगीता भण्डारीको शनिबार मृत्यु भएको छ ।
- जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काठमाडौँ बुढानिलकण्ठकी २७ वर्षीया भण्डारी शनिबार साँझ देवघाटको नारायणीमा पौडिने क्रममा डुबेकी थिइन् ।
चितवन, १७ असार – भरतपुरमा नदीमा पौडिने क्रममा काठमाडौं बुढानिलकण्ठकी एक युवतीको डुबेर मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका–१ देवघाटमा पौडी खेल्ने क्रममा नदीमा डुबेर बुढानिलकण्ठ घर भएकी संगीता भण्डारीको शनिबार मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काठमाडौँ बुढानिलकण्ठकी २७ वर्षीया भण्डारी शनिबार साँझ देवघाटको नारायणीमा पौडिने क्रममा डुबेकी थिइन् ।
नदीमा डुबेपछि उद्धार गरी भरतपुर अस्पतालतर्फ ल्याउँदै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया