निशान हत्या प्रकरण: मानव अधिकार आयोगमा उजुरी
सारांश
- काठमाडौं, २३ साउन ।
- भक्तपुरमा प्रहरी इन्काउन्टरमा मारिएका दुई अपहरणकारीको परिवारले गैरन्यायिक हत्या भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् ।
- बुधबार आयोगको कार्यालय पुगेका उनीहरुले उक्त घटना इन्काउन्टर नभई हत्या भएको भन्दै छानबिनका लागि उजुरी दिएका हुन् ।
काठमाडौं, २३ साउन । भक्तपुरमा प्रहरी इन्काउन्टरमा मारिएका दुई अपहरणकारीको परिवारले गैरन्यायिक हत्या भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् ।बुधबार आयोगको कार्यालय पुगेका उनीहरुले उक्त घटना इन्काउन्टर नभई हत्या भएको भन्दै छानबिनका लागि उजुरी दिएका हुन् ।
पेप्सीकोलाका ११ वर्षीय बालक निशान खड्काको अपहरणपछि हत्या गर्ने आरोपमा प्रहरी इन्काउन्टरमा मारिएका अजित तामाङ र गोपाल तामाङको परिवारले आयोगमा उजुरी दिएका छन् । उनीहरुले घटनाको सत्य तथ्य छानबिनका लागि आयोगसमक्ष आग्रह गरेका छन् । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले भक्तपुरको डोलेश्वरमा अपहरणकारीमाथि गोली चलाउँदा उनीहरुको घटनास्थलमा नै मृत्यु भएको थियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया