बुढाबुढीको झगडा छुट्याउँदा आफ्नै मृत्यू

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ १९, २०७५
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  • मलेखु, १९ असार ।
  •   बेनीघाट रोराङ गाउँपालिका–५ कामीगाउँकी एक महिलाको एक दम्पतीबीचको झगडा छुट्याउन जाँदा मृत्यु भएको छ ।
  • स्थानीयवासी सेते विक र उनकी श्रीमतीबीच परेको झगडा छुट्याउने क्रममा सेतेले प्रहार गरेको लौराले ५० वर्षीया बालकुमारी विकलाई लाग्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मलेखु, १९ असार ।  बेनीघाट रोराङ गाउँपालिका–५ कामीगाउँकी एक महिलाको एक दम्पतीबीचको झगडा छुट्याउन जाँदा मृत्यु भएको छ ।

स्थानीयवासी सेते विक र उनकी श्रीमतीबीच परेको झगडा छुट्याउने क्रममा सेतेले प्रहार गरेको लौराले ५० वर्षीया बालकुमारी विकलाई लाग्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । लठ्ठीले लागेर गम्भीर घाइते भएकी बालकुमारीको गजुरी प्राथमिक स्वास्थ्यचौकीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनापछि सेतेलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिनुभयो ।
त्यस्तै, पुरिएको जीप निकालियो

सडकमाथिबाट लेदोमाटाको पहिरो आएर बेनीघाट रोराङ गाउँपालिकास्थित कृष्णभीरमा आज अपराह्न पुरिएको जीप आधा घण्टामा निकालिएको छ ।

लु १ च २३४३ नंको जीप पहिराले पुरेपछि तत्काल नजिकै राजमार्गमा रहेको प्रहरी टोलीले पहिरोसमेत पन्छाएर निकालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?